बैशाख ३०, २०८१ आईतबार

बिर्तामोडमा बुढासुब्बा मेडिकल सेन्टरको शुभारम्भ

बिर्तामोड । झापाको बिर्तामोडमा बुढा सुब्बा मेडिकल सेन्टर सञ्चालनमा आएको छ । १ करोड ८० लाखको लागतमा मेडिकल सेन्टर सञ्चालनमा ल्याइएको छ ।


सेन्टरको शनिवार बिर्तामोड नगर प्रमुख धु्रव कुमार शिवाकोटीले शुभारम्भ गरेका छन् । गोपाल राज कडरिया, रोशन थोप्रा, आइतहाङ लिम्बू, राजकुमार थापा र कृष्ण गौतमको संयुक्त लगानीमा मेडिकल सेन्टर शुरु भएको छ । अत्याधुनिक प्रविधि सहितको ल्याव राखिएको सो मेडिकल सेन्टरले शुभारम्भको एक हप्तासम्म विशेष छुटको व्यवस्था गरेको छ ।


होलवडी परीक्षणका लागि एक हप्तासम्म ८० प्रतिशत र बृद्ध अशक्तका लागि विशेष छुटको व्यवस्था गरिएको सञ्चालक राजकुमार थापाले जानकारी दिए । उनका अनुसार मलेसियाको बायोट्रिक मापदण्ड समेत पुरा गरेकोले वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण गरिने छ ।

शुभारम्भ कार्यक्रममा बोल्दै नगर प्रमुख शिवाकोटीले स्वास्थ्य परीक्षण संवेदनशिल विषय भएकाले लापरबाही नगर्न सूझाव दिएका छन् । उद्घाटन समारोहमा हल्दिवारी गाउँपालिकाका अध्यक्ष रविन्द्र लिङ्देन लगायतले शुभकामना व्यक्त गरेका थिए ।

प्रकाशित मिति : जेष्ठ २६, २०७६ आईतबार  १० : ३० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]