बैशाख १३, २०८१ बिहीबार

हल्दिवारीमा अध्यक्षले विधेयक प्रमाणित गरेनन्, राजश्व संकलन प्रभावित

बिर्तामोड । हल्दिवारी गाउँपालिकामा आजदेखि राजश्व संकलन प्रभावित हुने भएको छ । अध्यक्ष रविन्द्र लिङ्देनले गाउँसभाबाट पारित भएको विधेयकहरु प्रमाणिकरण नगर्दा राजश्व संकलन प्रभावित हुने प्रमुख प्रशासकीय अधिकृत बिजय इङ्नामले जानकारी दिए ।

०७७/७८ को बजेट , नीति तथा कार्यक्रम कार्यान्वयनमा लैजान समस्या हुने इङ्नामको भनाई छ । गत असार १० गतेको घटना अहिलेसम्म मिल्न नसक्दा अध्यक्षले विधेयक प्रमाणिकरण गरेका छैनन् । इङ्नामले भने – अध्यक्षबाट अख्तियारी प्राप्त नभएसम्म राजश्व संकलन र बजेटको कार्यान्वयन प्रभावित हुँदै जान्छ ।

गाउँसभाको घटनापछि राप्रपाबाट निर्वाचित अध्यक्ष लिङदेन र नेकपाबाट निर्वाचित उपाध्यक्षको समूह दुई ध्रुवमा विभाजित भएको छ । शुरुआतमा राप्रपासँग मिलेको कांग्रेसले पछिल्लो समय विज्ञप्ति सार्वजनिक गरेर नेकपालाई साथ दिने उद्घोष गरिसकेको छ ।

दुई समूहमा ध्रुविकरण बढ्दै गएपछि प्रमुख प्रशासकीय अधिकृत बिजय इङ्नामले मेलमिलाप गराउन धेरै प्रयास गरेको बताएका छन् । उनले आफु मध्यस्त भएर मिलाउनको लागि अधिकतम प्रयास गरेको उनको भनाई छ । उहाँहरु मिल्नैपर्छ, मिल्नुको विकल्पै छैन – उनले भने, मिल्नुहुन्न भने कानुनी व्यवस्था अनुरुप अघि बढ्नुपर्छ ।

केहि दिनसम्म सामान्य हिसावले काम अघि बढ्ने भएपछि यसको नकारात्मक प्रभाव विस्तारै बढ्दै जाने उनको भनाई छ । जनताको सेवा नै प्रभावित भयो भने राम्रो हुदैन, उहाँहरुले सोच्न ढिलाई गर्नु हुदैन , इङ्नामले भने ।

असार १० गते अध्यक्षले सभा छोडेर हिडेपछि स्थानीय सरकार सञ्चालन कार्यविधी बमोजिम उपाध्यक्षले गाउँसभा सञ्चालन गरेका थिए । गाउँसभाले बजेट, निित तथा कार्यक्रम पारित गरेको थियो ।

प्रकाशित मिति : श्रावण १, २०७७ बिहीबार  ११ : ५० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]