बैशाख २७, २०८२ शनिबार

बिर्तामोडका घरधनीले न्यूनतम १ महिना भाडा छुट गर्ने

बिर्तामोड । बिर्तामोड उधोग वाणिज्य संघले लकडाउन अवधिभरको भाडा छुट गर्न गरेको आव्हान कार्यान्वयन हुन सकेको छैन । वाणिज्य संघले लकडाउन अवधिभर मध्ये बैशाख, जेठ र असार तीन महिनाको भाडा छुट गर्न घरधनीसँग आग्रह गरेका थियो ।

घर बहाल संघलाई औपचारिक रुपमा वाणिज्य संघले भाडा छुटको माग गर्दै पत्र बुझाएको थियो । तर, बिर्तामोडमै एक महिना पनि भाडा छुट नदिने घरधनी भेटिएका छन् । जसलाई असामाजिक भनिएको छ । महिनौसम्म व्यवसाय गर्न नपाएका व्यसायीलाई अधिकतम सहुलियतको माग गरिएको थियो । माग बमोजिम घर धनीले तीन महिनासम्म भाडा छुट दिन नसक्ने भन्दै वाणिज्य संघलाई पनि पत्र थपाए । यहि आव्हानमा बिर्तामोडका प्रकाश लिङ्देनले तीन महिनाको भाडा छुट गरिदिए भने अर्का घरधनी निरज ओलीले पनि दुई महिनाको घर भाडा छुट गरे ।

बिर्तामोड उधोग वाणिज्य संघका महासचिव प्रशान्त भण्डारीले घरधनी कति सामाजिक हो भनेर बुझ्ने समय यहि भएको बताउँछन् । उनले सकेसम्म व्यवसायी र घरभाडामा बस्ने सर्वसाधारणलाई भाडा छुट गरिदिन आग्रह गरेको बताए । उनले भने – घरधनीहरुले लकडाउनमा कसैलाई पनि समस्यामा पार्न मिल्दैन, छुट दिएर सामाजिक बन्नैपर्छ । उनका अनुसार वाणिज्य संघबाट पर्याप्त पहल भएको छ । संघको पहल भने पूर्ण रुपमा कार्यान्वयन भएको छैन ।

घर बहाल संघ बिर्तामोडका अध्यक्ष राज कुमार पोखलरेलले न्यूनतम १ महिनाको घरभाडा छुट गर्न आफुहरु तयार रहेको बताए । उनले व्यवसायी र घरधनीको पीरमार्कालाई ख्याल गरेर छुट दिने तयारी गरेको बताएका छन् । उनले साइकल चढ्ने व्यवसायी र कार चढ्ने व्यवसायी पहिचान गरेर पीर मार्का बुझिने बताए । पोखरेलले भने – केहि घरधनी भाडा उठाएर मात्रै गुजारा चलाउने पनि हुनुहुन्छ ।

घरमा ठुला ज्वेलर्स छन्, घरबेटीको जीविका त्यसैमा आश्रित छ भने कसलाई राहत दिने ? उनले वाणिज्य संघको पहललाई सकारात्मक रुपमा लिएको जानकारी दिएका छन् । घरधनी र व्यवसायी दुवै पक्ष कोरोनाबाट पीडित भएका छौं । दुवैको पीर मार्का ख्याल गरेर सहयोग आदान प्रदान गरिनुपर्ने पोखरेलको भनाई छ ।

प्रकाशित मिति : श्रावण २, २०७७ शुक्रबार  ९ : ०९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]