बैशाख १५, २०८१ शनिबार

विस्थापितलाई शिवसताक्षीले दियो जग्गा, अब घर बनाइदिने

झिलझिले । शिवसताक्षी नगरले जग्गा दिने भएपछि मेची अभियानले कनकाई नदीको बाढीबाट बिस्थापित तारा शेर्माको परिवारलाई पक्की घर बनाईदिने भएको छ ।

शेर्माको घर बाढीले बगाएर परिवारै बिचल्ली भएको समाचार बाहिरिएपछि शिवसताक्षी नगरले जग्गा दिने भएको हो । शिवसताक्षी नगरको वडा नम्बर ११ स्थित बच्चाबरमा निर्माण सम्पन्न जनता आवास कार्यक्रमका लागि प्राप्त जग्गामा तारा शेर्माको पनि घर निर्माण हुने नगर प्रमुख चन्द्रकुमार शेर्माले बताए । नगर प्रमुख शेर्माले भने, ‘मेची अभियानसँग सहकार्य गरेर कनकाई नदीको बाढीबाट बिस्थापीत तारा शेर्मालाई पक्की घरमा भित्राउने योजना छ ।’

नगर प्रमुख शेर्माले पत्रकारको भुमिका सकरात्मक भए अप्ठेरो र बिचल्लीमा परेका मानिसको उद्धार र पुर्नस्थापना सहजै हुने बताए । उनले भने, ‘सकरात्मक सोच भएका पत्रकारको कलमले एउटा अति बिपन्न परिवारले जीवनभर राहत पाउने भएको छ ।’

जनता आवास कार्यक्रमको जग्गामा १२ वटा घर निर्माण भईसेका छन् । अब, तारा सेर्माका लागि शिवसताक्षी नगरपालिकाले जग्गा दिने र मेची अभियानले उक्त जग्गामा घर बनाउने पक्का भएपछि त्यहाँ १३ वटा घर हुने छन् ।

निर्माण सम्पन्न घर करिव ५ धुरमा बनेका छन् । तारा शेर्माले पनि त्यतिनै भुमि पाउने नगर प्रमुख शेर्माले बताए । उनलाई करिब ५ लाख बराबरको घर मेची अभियानले निर्माण गरिदिने अभियानका संयोजक विजय डालमियाले जानकारी दिए ।

तारा शेर्माका ३ जना छोरा छोरी छन् । ७ वर्षीय छोरी समृद्धी, ६ वर्षीय दिप्रती र अढाई वर्षका छोरा सन्दिपको माध्यमिक तह सम्मको पढाइको पनि चाँजोपाँजो मिलेको छ । शिवसताक्षी नगरपालिका वडा नम्बर २ का अध्यक्ष समेत रहेका नगरका सचेतक कुलवहादुर बस्नेतलले उनिहरुको अभिभावकत्व लिने घोषणा गरेका छन् । उनीहरुलाई आवस्यक पर्ने शैक्षिक सामग्री र विद्यालय पोशाक पनि अध्यक्ष बस्नेतले उपलब्ध गराउने बताए । उनले भने, गरिबीकै कारण पढ्न पाउने अधिकार कसैको खोसिनु हुँदैन । म उनिहरुको अधिकार रक्षा गर्छु र माध्यमिक तह सम्मको अध्ययन मा लाग्ने सम्पुर्ण खर्च उपलव्ध गराउँछु ।’

पीडित परिवारको जिबीका चलाउन प्रधानमन्त्री रोजगार कार्यक्रमबाट उनलाई रोजगारी दिन सकिने नगर प्रमुख शेर्माले बताए । उनले भने , ‘आत्मनिर्भरका लागि नगरपालिकाले शिप मुलक तालिम दिएर उनलाई रोजगारी दिनेछ ।’ वडा अध्यक्ष बस्नेतले पीडितको पुर्नस्थापना र रोजगार स्थानीय सरकारको जिम्मा भएको बताउदै उनले भने, ‘व्यवसायीक रुपमा पशुपंक्षी पालेर पनि शेर्माले आफ्नो परिवारको गुजारा चलाउनुहुने छ ।’

मेची अभियानका संयोजक सहितको एक टोलीले तारा शेर्माका परिवारका लागि निर्माण हुने जग्गा क्षेत्रको समेत स्थलगत अवलोकन गरेको छ । उक्त टोलीले जग्गा क्षेत्र पायक पर्ने र आधारभुत आवस्यक्ता युक्त क्षेत्र भएकाले यसै साता देखी घर निर्माण हुने संयोजक डालमियाले बताए ।

प्रकाशित मिति : श्रावण ३, २०७७ शनिबार  ९ : ३१ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]