जेष्ठ १, २०८२ बुधबार

नेकपा स्थायी समिति बैठक आइतबारसम्मका लागि स्थगित

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी(नेकपा) को स्थायी समिति बैठक फेरि स्थगित भएको छ । आज ११ बजेका लागि बोलाएर दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको बैठक फेरि साउन ४ अर्थात आइतबारसम्मका लागि स्थगित गरिएको हो ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बैठक साउन ४ गते दिउँसो ३ बजे बस्ने गरी स्थगित भएको जानकारी दिए ।

नेकपाभित्रको विवाद कायमै रहेको र सहमतिका लागि थप समय आवश्यक भएकाले बैठक स्थगित गरिएको नेताहरुले बताएका छन् । नेकपाका अधिकांश् स्थायी समिति सदस्यले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने माग राख्दै आएका छन् ।
आजै ओली र प्रचण्डबीच बालुवाटारमा छलफल भएको थियो । उनीहरुबीच केन्द्रीय समिति बैठक कहिले बोलाउने भन्ने विषयमा समेत छलफल भएको बताइएको छ ।

प्रकाशित मिति : श्रावण २, २०७७ शुक्रबार  १ : ०७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]