बैशाख ३०, २०८१ आईतबार

कनकाई अपडेट : तोडफोड नियन्त्रण गर्न तीन सेल अश्रु ग्यास प्रहार, अवस्था सामान्य बन्दै

बिर्तामोड । अस्पतालमा तोडफोड र भीड नियन्त्रण गर्न प्रहरीले तीन सेल अश्रु ग्यास प्रहार गरेको छ । डाक्टरको लापरबाहीले विरामीको मृत्यू भएको भन्दै आफन्तले अस्पतालमा ढुङगा प्रहार गरेका छन् ।


तनावग्रस्त अस्पतालमा विरामीका आफन्तले ढुङगा प्रहार गर्दै तोडफोड शुरु गरेपछि प्रहरीले अश्रु ग्यास हानेको हो । सुर्योदय नगरपालिका– ९ इलाम कि २१ वर्षीया बिबिता तामाङको उपचारको क्रममा मृत्यु भएको थियो ।

अस्पतालमा तनाव उत्पन्न भएपछि प्रहरीले अहिले कडा सुरक्षा दिएको छ । तामाङलाई एपेण्डीसाइडको अपरेशनका लागि कनकाई अस्पताल ल्याइएको थियो ।

प्रकाशित मिति : जेष्ठ २६, २०७६ आईतबार  ५ : २५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]