जेष्ठ २, २०८१ बुधबार

सुरुङ्गाका ट्राफिक प्रमुख टेक बहादुरको विदाई

सिएम शर्मा

सुरुङ्गा । ट्राफिक कार्यलय सुुरुङ्गाका प्रमुख प्रहरी साहायक निरीक्षक टेक बहादुर बस्नेतलाई सोमबार सम्मानका साथ बिदाई गरिएको छ ।

ईलाका प्रहरी कार्यलय सुरुङ्गामा एक औपचारिक कार्यक्रम गरि १५ महिनाअघि देखि सुरुङ्गामा कार्यरत टेक बहादुर बस्नेतलाई बिदाई गर्दै सो ठाउँमा प्रहरी सहायक निरीक्षक चन्द्रबहादुर बस्नेतलाई स्वागत गरिएको छ । टेक बहादुर सुरुङ्गाबाट सुरुवा भई जिल्ला ट्राफिक कार्यलय बिर्तामोडमा गएका छन् भने चन्द्रबहादुर पाचथर फिदिमबाट सरुवा भई सुरुङ्गा आएका हुन् ।
ईलाका प्रहरी कार्यलय सुरुङ्गाका प्रमुख प्रहरी नायव निरीक्षक पदम सुन्दर लिम्बूको अध्यक्षतामा भएको कार्यक्रममा शुभकामना मन्तब्य राख्दै प्रमुख अतिथि कनकाई वडा नंं ३ का अध्यक्ष रुद्रप्रसाद चिमरियाले व्यापारी नरम र प्रशासन गरम हुनुपर्ने , स्थानीय समाजसँग सहकार्य गरि अघि बढ्नुपर्ने र यसरी काम गर्दा समाजमा शान्ति सुरक्षा कायम गर्न सफल हुने बताएका छन् ।

कार्यक्रममा सुरुङ्गाका संघ संस्थाहरु लायन्स क्लब अफ कनकाई सुरुङ्गा , कनकाई ट्याक्सी व्यवसायी संघ , कनकाई सामुदायिक वनले टेक बहादुर बस्नेतले आफ्नो कार्यकालमा सुरुङ्गा क्षेत्रमा गरिएको कुसल कार्यको मुल्यांकन गर्दै प्रसंशा पत्रले सम्मान गरेका छन ।

लायन्स क्लब अफ कनकाइ सुरुङ्गा तथा जेसीजका संस्थापक अध्यक्ष लिला प्रसाद चिमरियाले शुभकामना मन्तब्य राख्दै कनकाईमा यो भन्दा अगाडि केही प्रहरी प्रमुखलाई यहाँको समाजले सम्मान योग्य ठानी सम्मनासाथ विदाई गरिएको इतिहास भएता पनि ट्राफिक प्रमुखको भने यो नै पहिलो पटक सम्मान सहितको बिदाई भएको र यो इतिहास रच्न सफल भएकोमा टेकबहादुर बस्नेत बधाईको पात्र भएको बताएका छन् ।

कार्यक्रममा सुरुङ्गा बजार ब्यवस्थापन समिति अध्यक्ष तथा ईलाका प्रहरी कार्यलय सुरुङ्गाको भवन निर्माण स्थलको घेरावारा समितिका अध्यक्ष टीका प्रसाद पोखरेल , कनकाई सामुदायिक वनका अध्यक्ष ख्याम ओली , कनकाई उद्योग वाणिज्य संघका अध्यक्ष त्रिलोचन चिमरिया , समाजसेवी श्याम ओली , सुनचाँदी व्यवसायी संघ जिल्ला उपाध्यक्ष तुलसी बिमली लगायतले आउने जाने दुबैलाई शुभकामना दिदै टेकबहादुर बस्नेतले आफ्नो कार्यकालमा कनकाईमा गरेको कार्यको प्रसंशा गरेका छन् भने चन्द्रबहादुरलाई पनि यसरी नै बिदा भएर जाँदा सम्मान पाउने गरि काम गर्न अनुरोध गरेका छन् ।

विदा भएर जाँदा जाँदै टेकबहादुरले अन्य ठाँउमा यहाँको समाजको जस्तो सहयोग नहुने र सुरुङ्गावासीको सहयोगले यहाँ धेरै राम्रो काम गर्न सकिएको बताएका छन् । यहाँको समाजको सल्लाह सुझावले र ट्राफिक र प्रहरी बिच भिन्नता नछुट्याई एकआपसमा मिलेर काम गरेकाले नै यो समाजले मलाई सम्मान गरेको र अब चन्द्रबहादुरले पनि यसरी नै काम गरे सुरङ्गामा शान्ति सुरक्षाको क्षेत्रमा सफल रहनु हुने सुझाव दिएका छन् । सुरवा भएर आउने चन्द्रबहादुरले पनि आफ्नो २३ बर्षे लामो कार्यकालमा सधंैनै आफुले व्यक्तिगत समस्यालाई भन्दा सामाजिक समस्यालाईनै प्रमुख मान्दै आएको र आगामी दिनमा पनि समाजको राय सल्लाह अनुसार नै कानुनी दायरामा रहि काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

प्रकाशित मिति : श्रावण ५, २०७७ सोमबार  ६ : ०४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]