बैशाख २३, २०८१ आईतबार

कोरोना रोकथाममा बिर्तामोडको १ करोड ५४ लाख खर्च, भद्रपुरको १ करोड ३८ लाख

बिर्तामोड । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रयणमा लागि झापाका स्थानीय तहले गरेको खर्च सार्वजनिक गर्न थालेका छन् ।

बिर्तामोड नगरपालिकाले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि १ करोड ५४ लाख २३ हजार १ सय ५५ रुपैयाँ ३२ पैसा खर्च गरेको छ । यो खर्च असार मसान्तसम्मको हो । क्वारेन्टाइन व्यवस्थापन, खाद्यन्न, २ वटा एम्बुलेन्स सञ्चालन, मर्मत खर्च, स्वास्थ्य सामग्री खरिद र विपन्नलाई राहत वितरणमा उक्त रकम खर्च गरेको बिर्तामोड नगरपालिकाले जनाएको छ ।

भद्रपुर नगरपालिकाले विपद् व्यवस्थापन कोष बनाएर कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा खर्च गरेको छ । सो नगरपालिकाले असार मसान्तसम्म विभिन्न क्षेत्रबाट प्राप्त सहयोग १ करोड ३८ लाख ३६ हजार ७ सय ४० रुपैयाँ २३ पैसाबाट खर्च गरेको जनाएको छ ।

हालसम्म नगरपालिकाले ५६ लाख ४३ हजार २ सय ८५ रुपैयाँ ६८ पैसा खर्च गरेको छ । क्वारेन्टाइन व्यवस्थापनमा ( मेची अञ्चल अस्पताल सहित ) ८ लाख ५८ हजार ५१९ रुपैयाँ ६८ पैसा, स्वास्थ्य सामग्री व्यवस्थापन खर्च ११ लाख ८२ हजार २६६, राहत वितरणका लागि वडा कार्यालयहरुमा हस्तान्तरण गरिएको ३६ लाख, २ हजार ५ सय २० रुपैयाँ खर्च भएको छ । नगरपाकिाले सो कोषमा ८१ लाख ९३ हजार ४ सय ५४ रुपैयाँ ५५ पैसा मौजदात छ ।

प्रकाशित मिति : श्रावण ६, २०७७ मंगलबार  ९ : ०२ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]