झापामा पहिरोले पुरिएर १५ वर्षीय बालकको मृत्यू
बिर्तामोड । झापामा पहिरोले पुरिएर १५ वर्षीय बालकको मृत्यु भएको छ । मेचीनगर – ९ का विवेक दर्नालको गए राती १२ बजे बुद्धशान्तिमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनी बुद्धशान्ति–७ मोतीडाँडामा आफन्तको घर गएका थिए ।

मोतीडाँडाका तेज कुमार वि.क को घरमा मंगलवार साँझ पहिरोले घरको वाल भत्काएको थियो । पाहुना आएका विवेकलाई सोहि वालले समेत थिचेको भन्ने सूचना पाएपछि प्रहरीले उद्धार गर्दा राती मृत अवस्थामा फेला पारेको झापा प्रहरीका प्रवक्ता राकेश थापाले जानकारी दिए ।
पहिरोमा परेर सोहि घरका तिलमाया बराइली, कल्पना बराइली र पृष्टिना बराइली घाइते भएका छन् । सोहि घर नजिकै रहेको दुई परिवार समेत जोखिममा परेपछि उनीहरुलाई स्थानीय चर्चमा राखिएको प्रहरीको भनाई छ ।