बैशाख ३०, २०८१ आईतबार

कनकाई अस्पतालको घटनामा प्रहरीले दमन गरेको आरोप, सुरक्षाका लागि बल प्रयोग गर्नु परेको एसपीको भनाई

बिर्तामोड । आइतबार दिउँसो कनकाई अस्पतालमा भएको घटनामा प्रहरीले दमन गरेको भन्दै पीडित पक्षले प्रहरीलाई कारबाहीको माग गरेका छन् ।

उपचारका क्रममा सुर्योदय नपा – ९ इलामकी २१ वर्षीया बिबिसा तामाङको मृत्यु भएपछि पीडित परिवारका आफन्तले अस्पतालमा तोडफोड गरेका थिए । आक्रोशीत आफन्तले चिकित्सकलाई कारबाहीको माग गर्दै अस्पतालमा प्रदर्शन समेत गरेका थिए । प्रदर्शनका क्रममा पीडित पक्ष आक्रोशित हुँदै अस्पतालमा ढुङ्गा हान्न थालेपछी प्रहरीले लाठी चार्च गरेको थियो । प्रहरीले लाठी चार्च गर्दै तीन सेल अश्रुग्यास समेत हानेको थियो ।

जिल्ला प्रहरी कार्यलय झापाका प्रहरी उपरीक्षक दिनेश मैनालीले अस्पतालभित्र रहेका अन्य बिरामीको असुरक्षा बढेपछि बल गर्नु परेको जानकारी दिए ।

बिर्तामोड नगरपालिकामा भएको छलफलमा उपरीक्षक मैनालीले भिड उत्तेजित भएपछी थप क्षति हुन सक्ने खतरा बढेकाले लाठी चार्ज गरेको बताएका छन् ।

प्रहरीले पीडितमाथी लाठी चार्ज गरेर थप पीडित बनाएको भन्दै उनीहरुले कारबाहीको जोडदार माग गरेका छन् । नगर प्रमुख ध्रुव शिवाकोटी , अर्जुनधाराका मेयर हरि राना, प्रहरी प्रमुखसहित बसेको छलफलमा प्रहरीबाट भएको कमजोरी अनुसन्धान गरि बिभागीय कारबाही गर्ने सहमती भएको छ ।

भिड नियन्त्रणको क्रममा जनप्रतिनिधिलाई समेत प्रहरीले लाठी चार्च गरेको आफन्तजनले जानकारी दिएका छन् । वडाध्यक्षलाई लाठी हान्ने भएको छ, यो हामीमाथि प्रहरीको दमन हो- मृतकका बुबाले भने ।

यता, बिर्तामोड इप्रकाका डिएसपी मोहन थापाले भिडभाडमा आफुले समेत लठ्ठी खाएको सुनाएका छन् । उनले हात देखाउदै भने, भिडमा मैले पनि भेटे । सोही क्रममा उनी लडेका समेत थिए ।

प्रहरी पछि अस्पताल प्रशासनसग पीडित पक्षको छलफल चलिरहेको छ ।

प्रकाशित मिति : जेष्ठ २७, २०७६ सोमबार  १२ : २३ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]