जेष्ठ ४, २०८१ शुक्रबार

काँकरभिट्टामा कार्यरत १८ सुरक्षाकर्मीमा कोरोना पुष्टि, समुदायमा फैलिएको हुन सक्ने भन्दै सिल गर्न माग

झापा । झापाको पूर्वी नाकामा सिमा सुरक्षामा खटिएका १८ जना सशस्त्र प्रहरीमा कोरोना भाइरस कोभिड –१९ पुष्टी भएको छ । साउन ७ गते ४८ जना सशस्त्र प्रहरीको स्वाब संकलन गरि बिराटनगर स्थित प्रादेशिक प्रयोगशालामा गरिएको परिक्षणमा १८ जनामा कोरोना पुष्टी भएको मेचीनगर समाजिक बिकास समितिका संयोजक नविन बरालले बताए ।

आजको संख्या सहित मेचीनगरमा कोरोना संक्रमितको संख्या ६९ पुगेको छ । जसमध्ये ४६ जना उपचार पछि निको भएर घर फर्किसकेका छन् । त्यस्तै पुराना ५ सहित आज पुष्टी भएका १८ सहित २३ जना मोरङको गोठगाउँ स्थित आइशोलेशन उपचार कक्षमा उपचार गराइरहेका जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

पूर्वी नाकामा सुरक्षाको काममा खटिएका शसस्त्र प्रहरीमा नै ठुलो संख्यामा कोरोना संक्रमण भएपछि समुदायमा कोरोना संक्रमण फैलिएको हुन सक्ने आशंका भएको नगरका सामाजिक बिकास समितिका संयोजक बरालले जानकारी दिए । बरालले मेचीनगरबासीलाई थप सर्तक रहन आग्रह समेत गरेका छन् ।

नियमित काम गरिरहेका सिमा सुरक्षाकर्मीहरुमा नै कोरोना पुष्टी भएपछि काँकरभिट्टा क्षेत्रमा समुदायमा नै कोरोना फैलिन सक्ने भन्दै स्थानीयहरु चिन्तित भएका छन् । तत्कालका लागि काकरभिट्टा क्षेत्र सिल गरेर कन्ट्याक ट्रेसिङ मार्फत संक्रमणको जोखिममा परेकाहरुको खोजी गरी स्वाब संकलन गर्नु पर्ने स्थानीयले माग गरेका छन् ।

मेचीनगरमा एकै दिन सबैभन्दा धेरै कोरोना संक्रमण पुष्टी भएको यो नै ठुलो संख्या हो । यसअघि नगरमा क्वारेन्टाईनमा बसेकाहरुमा एकै दिन १४ जनामा कोरोना पुष्टी भएको थियो ।

प्रकाशित मिति : श्रावण ९, २०७७ शुक्रबार  ५ : ५५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]