जेष्ठ २, २०८१ बुधबार

दुई दिनका लागि लक्ष्मी माविको ताला खोलियो, गुप्ता र डागीलाई प्रवेश निषेध

बिर्तामोड । दुई दिनका लागि लक्ष्मी माबिको ताला खोलिएको छ । अर्जुनधारा -६ मा रहेको सो बिधालयमा प्रधानाध्यापक बिरेन्द्र प्रसाद गुप्ता र सहायक प्रअ घनश्याम डागीको बेथिति विरुद्ध संघर्ष समितिले तालाबन्दी गरेको थियो ।

सोमबार बिहान अर्जुनधारा -६ का वडाध्यक्ष लोकनाथ गौतम , इप्रका अनारमनीका प्रमुख मोहन थापा, नगर शिक्षा समिति अध्यक्ष नरेन्द्र गुरुङको रोहबरमा संघर्ष समितिले ताला खोलेको छ । संघर्ष समितिका संयोजक भीष्म पौडेलले दुई दिनका लागि ताला खोलेको जानकारी दिए । उनका अनुसार ताला खोले पनि प्रअ र सहायक प्रअ डागीलाई बिधालय प्रवेश गर्न नदिने पूर्ववत निर्णय लागू रहनेछ ।

समितिले इप्रकामा बिधालयले गैरबिधार्थीलाइ नक्कली कागजात बनाएको भन्दै कारबाहीका लागि जाहेरी दिएको छ । समिति संयोजक पौडेलका अनुसार किर्ते कागजात बनाएर गैर बिद्यार्थीलाई शैक्षिक प्रमाणपत्र दिएको खुलासा भएपछि कारबाहीको लागि जाहेरी दिइएको हो । किर्ते कागजातको सम्बन्धमा कारबाही अघि बढाउन अन्य कागजात खोजीका लागि ताला खोलिएको बताइएको छ ।

बिधालयमा व्यापक बेथिति भएपछि सुधारका लागि पूर्व बिद्यार्थी, अभिभावक,चन्दादाता आन्दोलनरत छन् ।

प्रकाशित मिति : जेष्ठ २७, २०७६ सोमबार  ११ : ४० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]