बैशाख २९, २०८१ शनिबार

छोरीको लास घर लान्छु भन्दाभन्दै कनकाईले नोवेल पठायो : बुबा

बिर्तामोड । इलाम सुर्योदय नगरपालिका –९ कि २१ वर्षीया विविसा तामाङको उपचारका क्रममा मृत्यू भयो । एकसातादेखि उपचार गरिरहेको कनकाई अस्पताल विर्तामोडले आइवार विहान नोवेल अस्पताल विराटनगर लैजान रेफर गरिदियो ।


नोवेल पुग्नासाथ अस्पतालले विरामी तामाङको मृत्यू भइसकेको भनिदियो । सोहि घटनाले आइतवार दिनभर अस्पतालमा तनाव पनि भयो । मृतक परिवारका आफन्त चिकित्सकको लापरबाहीका कारण मृत्यू भएको भन्दै कारवाही काम गर्दै अस्पतालमा भेला भए । अस्पताल प्रशासनले पीडित परिवारको संवेदनशीलतामा ख्याल नगरेको भन्दै आफन्त आक्रोसित भए । अस्पतालले घटनामा गम्भीर नभएपछि अस्पतालमा ढुङ्गा प्रहार गरे । जसका कारण अस्पतालमा क्षति पनि भयो ।


आक्रोसित समूहले अस्पतालमा ढुङ्गा प्रहार गरेपछि भीड नियन्त्रण गर्न प्रहरीले लाठी चार्च ग¥यो । लाठी चार्चसँगै तिनेल अश्रु ग्यास पनि हान्यो । प्रहरीको लाठी चार्चले पीडित परिवारका आफन्तलाई चोट लाग्यो ।


सो घटनालाई समाधान गर्न अस्पताल प्रशासन र पीडित पक्ष विच बिर्तामोड नगरपालिकामा आइतवार साँझदेखि सोमवार विहान ३ बजेसम्म छलफल चल्यो । सो छलफलमा मृतक तामाङको बुबा दावा तामाङले आफ्नो कुरा राख्ने क्रममा अस्पतालले छोरीको सास गुमेपछि पनि अवस्था सामान्य छ भन्दै रेफर गरेकोमा दुःख व्यक्त गरे ।

उनले छोरीको कनकाईमा रहँदै मृत्यू भइसकेको बताएका थिए । नोवेल लैजान एम्बुलेन्समा चढाउँदा नै उनले छोरी नरहेकोले घर लैजाने भन्दाभन्दै अस्पतालले नोवेल पाएको छलफलमा सुनाएका थिए । उनले भने, छोरीको यहि मृत्यू भइसकेको थियो । तर कनकाई अस्पताले अवस्था सामान्य छ किन भन्यो ?


उत्पन्न परिस्थिति समाधान गर्न दुई पक्षविच मध्यरातमा दुई बुँदे सहमति भएको छ । उपचारका क्रममा मृत्यु भएकी बिविता तामाङको परिवारलाई समवेदना स्वरुप ५ लाख रुपैयाँ क्षतिपूर्ती दिने, स्वास्थ्यकर्मीको लापरवाही भएको नभएको छानबिन गर्न ९ सदस्य छानविन समिति गठन गरि १० दिन भित्रमा बिर्तामोड नगरपालिकामा प्रतिबेदन बुझाउने सहमती पत्रमा उल्लेख छ ।

प्रकाशित मिति : जेष्ठ २७, २०७६ सोमबार  १ : ३८ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]