बैशाख २३, २०८१ आईतबार

झापामा आइपुग्यो प्रदेश सरकारको पीसीआर मेसिन

झापा । प्रदेश नं १ सरकारले मेची अञ्चल अस्पताललाई उपलब्ध गराएको कोभिड–१९ परीक्षण गर्ने अत्याधुनिक पीसीआर मेसिन झापामा आइपुगेको छ ।

जिल्ला समन्वय समिति झापाका प्रमुख सोम पोर्तेलले आजदेखि मेसिनको जडान शुरु हुने र छिट्टै सञ्चालनमा ल्याउने तयारी गरिएको बताए । स्वीस सरकारबाट प्रदेश सरकारलाई प्राप्त भएको सो मेसिन मेची अञ्चल अस्पतालभित्र प्रयोगशालामा राखिने अस्पताल विकास समितिका अध्यक्षसमेत रहेका पोर्तेलले जानकारी दिए ।

मुख्यमन्त्री शेरधन राई, सामाजिक विकासमन्त्री जीवन घिमिरे, सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर र झापाका प्रदेश सांसदको उपस्थितिमा स्वीस सरकारका प्रतिनिधि अमन गोन्छेले सो मेसिन शुक्रबार विराटनगरमा एक कार्यक्रमबीच हस्तान्तरण गरेका थिए ।

प्रकाशित मिति : श्रावण १०, २०७७ शनिबार  १२ : ५५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]