जेष्ठ ६, २०८१ आईतबार

अनुहार हेरेर कोरोना सङ्क्रमित चिनिँदैन, हरेक व्यक्तिसँग सतर्क हुनु : स्वास्थ्य मन्त्रालय

काठमाण्डौ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अनुहार हेरेर कोरोना सङ्क्रमित नचिनिने भएकोले हरेक व्यक्तिसँग सतर्क हुन आग्रह गरेको छ ।

मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डाक्टर जागेश्वर गौतमले कतिपयलाई कोरोना सङ्क्रमण भए पनि लक्षण नै नदेखिने र अनुहार हेरेर सङ्क्रमित नचिनिने भएकोले हरेक व्यक्तिसँग सतर्क रहनुपर्ने बताउनुभयो ।

उहाँले नेपालमा अहिले पनि दिनहुँ कोरोना सङ्क्रमित भेटिरहेको र नेपालमा जोखिम कायमै रहेको भन्दै सावधानी अपनाउन आग्रह गर्नुभयो । लकडाउन हटे पनि कोरोनाको जोखिम कायमै रहेकोले स्वास्थ्यसम्बन्धी मापदण्डको पालना गर्न प्रवक्ता देवकोटाले आग्रह गर्नुभएको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा एक सय ३० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएसँगै कुल सङ्क्रमितको सङ्ख्या १८ हजार ६ सय ८३ पुगेको छ । थप ७५ जना डिस्चार्ज भएसँगै कोरोनामुक्त भएर घर फर्किनेको सङ्ख्या १३ हजार एक सय २८ पुगेको छ ।

अहिले देशभरि पाँच हजार चार सय ४० जना सक्रिय सङ्क्रमित रहेका छन् । प्रदेश नम्बर १ मा एक सय ८६, प्रदेश नम्बर २ मा एक हजार आठ सय ७३, वाग्मती प्रदेशमा चार सय ४४ र गण्डकी प्रदेशमा दुई सय ९४ जना आइसोलेशनमा उपचाररत छन् । यस्तै प्रदेश नम्बर ५ मा तीन सय ५८, कर्णाली प्रदेशमा तीन सय ६७ र सुदूरपश्चिम प्रदेशमा एक हजार नौ सय १८ जना सङ्क्रमित उपचाररत छन् ।

प्रकाशित मिति : श्रावण ११, २०७७ आईतबार  ५ : २३ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]