चैत्र १६, २०८० शुक्रबार

समुदायमा कोरोना फैलिएको आशंकापछि बाह्रदशी गाउँपालिका शिल

बिर्तामोड । झापाको बाह्रदशी गाउँपालिका शिल गरिएको छ । समुदाय स्तरमा कोरोना फैलिएको आशंका पछि गाउँपालिकाले वडा नं. १ , २ र ३ लाई शिल गरेको छ ।

गाउँपालिकाका अनुसार साविकको राजगढ गाविस शिल गरिएको छ । दुई व्यक्तिमा संक्रमण भेटिएपछि अर्को निर्णय नहुन्जेलका लागि आज राति १२ बजेदेखि लागु हुने गरी शिल गरिएको गाउँपालिकाले जनाएको छ ।


संक्रमितहरुको ट्राभल हिस्ट्री नभएको बुझिएको छ । नेकपाका स्थानीय नेता र अर्का एक जना औषधि व्यवसायीमा कोरोना देखिएपछि सो क्षेत्रका नागरिक त्रसित भएका छन् । उनीहरु दुवै आआफ्नो काममा गाउँमै खटिएका व्यक्ति हुन् । बाह्रदशीमा पहिलो पटक स्थानीयमा संक्रमण देखिएको बाह्रदशी गाउँपालिकाले जनाएको छ । यसअघि भारत लगायतका देशबाट फर्किएका १२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
संक्रमित दुबै जनालाई उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लागिएको छ । योसँगै झापामा संक्रमितको संख्या ३ सय ४८ पुगेको छ भने निको भएर फर्किनेको संख्या ३ सय ४ रहेको छ ।

प्रकाशित मिति : श्रावण १२, २०७७ सोमबार  ६ : ४८ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]