बैशाख १२, २०८१ बुधबार

५ गते बिर्तामोड आएका थिए बाह्रदशीका संक्रमित

आफुसँग भेट भएकाहरुको पीसीआर परीक्षण गरिदिन आग्रह

बिर्तामोड । बाह्रदशी गाउँपालिकाका नेकपाका एक जना नेता र राजगढ बजारमा औषधि व्यवसाय गर्दै आएका एक जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएपछि अहिले १,२ र ३ नं. वडा सिल गरिएका छन् । उनीहरु दुवै जना क्वारेन्टाइन नबसेका व्यक्ति हुन् ।

बन्द गरिएको औषधि पसल

औषधि व्यवसाय गर्नेको पसलमा दैनिक ५०/६० जना आउने गर्थे । नेकपाका नेताको दैनिक १ सय भन्दा धेरै व्यक्तिसँग भेटघाट हुने गथ्र्यो । दैनिक पार्टी र सामाजिक संघसंस्थाका बैठक सहित सामाजिक काममा हिडिरहने नेताको भेटघाटको कुनै हिसाव छैन । उनी सोहि ठाउँमा रहेको पशुपति माविका विव्यसका अध्यक्ष समेत हुन् ।

प्राविधिक शिक्षकका लागि विज्ञापन खुलाउन पटक–पटक विधालयमा बैठक समेत बसेको इजलासलाई जानकारी दिएका छन् । उपचारका लागि धरान बसिरहेका उनले इजलाससितको सम्पर्कमा भने, ‘कहाँबाट संक्रमण भयो भन्ने ठ्याक्कै टुङ्गो छैन । म विधालयको बैठकमा बसे । अर्को चाहीँ औषधि व्यवसायी (जो संक्रमित भए) को पसलमा पुगेको थिए ।’


औषधि व्यवसायीसँग औषधि किन्न आउनेहरुको भीडभाड सधैं हुने गथ्र्यो । कहाँबाट संक्रमित भइयो भन्ने आफुहरुले शंका समेत गर्न नसकेको उनको भनाई छ ।

साउन पाँच गते उनी बिर्तामोड आएका थिए । पार्टी सदस्यताको फाइल बोकेर बिर्तामोड आएका नेकपाका नेता सिधैं घर गएको बताउँछन् । उनले बिर्तामोडस्थित पार्टी कार्यालयमा कार्यरत प्राविधिकलाई फाइल बुझाएर फर्किएको जानकारी दिए ।

उनले आफुसँगको भेटघाट सबै सम्झिएर साध्य नभएको बताएका छन् । भेटघाट भएको बताउनेहरुलाई तत्काल पीसीआर परीक्षण गरिदिन आग्रह समेत गरे । उनले भने, कहिले संक्रमित भैयो थाहा छैन, धेरैसँग भेटघाट भएकाले सबै (भेटघाट भएका) को परीक्षण जरुरी छ ।

गाउँपालिकाले आजबाट संक्रमितहरुको परिवारमा स्वाव संकलन गरेको छ । त्यसको नतिजा आएपछि मात्रै जोखिम बारे अनुमान गर्न सकिने बताइएको छ । पहिलो चरणमा परिवार र उहाँहरुको प्रत्यक्ष भेटघाटमा रहेकाहरुको स्वाव संकलन गरिने गाउँपालिकाका प्रशासन प्रमुख तेजप्रसाद रेग्मीले जानकारी दिए ।

प्रकाशित मिति : श्रावण १३, २०७७ मंगलबार  ५ : ५३ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]