बैशाख १४, २०८१ शुक्रबार

गायक प्रितम इटहरीको वाल सद्भावना दुत घोषणा

इटहरी । इटहरी उपमहानगरले चर्चित वाल गायक प्रितम आर्चायलाई वाल सद्भावना दुत घोषणा गरेको छ । मंगलवार एक कार्यक्रमका विच कार्यवाहक प्रमुख लक्ष्मी गौतमले वालसद्भावना दुत घोषणा गरिएको पत्र प्रदान गरेका छन् ।


प्रमुख प्रशासकीय अघिकृत केशव विमली र वडाध्यक्ष दिपक गौतमले माला र टोपी लगाइदिएर सम्मान समेत गरेका छन् । कार्यवाहक प्रमुख गौतमले इटहरीको छोरो प्रितमले इटहरीको नाम विश्वभर राखेको भन्दै धन्यवाद दिए । उनले इटहरी उपमहानगरले प्रितमकै आवाजमा नगर गीत वनाउने तयारी भइरहेको बताइन् ।

प्रमुख प्रशासकीय अघिकृत केशव विमलीले प्रितमको प्रगतिको कामना गरेका छन् । वालगायक प्रितम आर्चायले आफू यो अवस्थासम्म आइपुग्न इटहरी उपमहानगरले पुर्याएको सर्पोट र माया प्रति धन्यवाद दिए ।


सयअघि भारतमा प्रतियोगितामा भाग लिन जानुअघि प्रितमलाई इटहरी उपमहानगरका मेयर द्धारिकलाल चौधरीले नेपाली झण्डा प्रदान र उपमेयर लक्ष्मी गौतमले नेपाली टोपी लगाइदिएर विदाई गरेका थिए ।


आर्चाय भारतीय टेलिभिजन जीटिभीको चर्चित रियालिटि सो सारेगम लिटिल च्याम्समा तेश्रो भएर सोमवार इटहरी फर्किएका हुन् । प्रितमले वालसदभावना दुत घोषणा कार्यक्रममा देशले रगतमागे मलाईवली चढाउ वोलको चर्चित गीत गाए ।

प्रकाशित मिति : जेष्ठ २८, २०७६ मंगलबार  ४ : २९ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]