बैशाख १३, २०८१ बिहीबार

सभामुखको अगुवा गाडीका चालकमा कोरोना संक्रमण

काठमाडौं । सभामुख अग्नि सापकोटाको अगुवा गाडी चालक प्रहरीलाई कोरोना भाइरस कोभिड – १९ को संक्रमण पुष्टि भएको छ ।

प्रहरी हेडक्वार्टरमा ठूलो संख्यामा सुरक्षाकर्मीमा संक्रमण देखिएपछि उनको पनि परीक्षण गरिएको थियो । प्रहरी स्रोतका अनुसार उनी प्रहरी हेडक्वार्टरमा बस्थे र, ६ गतेसम्म सभामुखको अगुवा गाडी चलाएका थिए ।

शुक्रबार उनलाई संक्रमण पुष्टि भएपछि सभामुख निवासमा कार्यरत सुरक्षाकर्मी र अन्यको स्वाब संकलन गरिएको छ र, साँझसम्म रिपोर्ट आउने बताइएको छ ।

प्रकाशित मिति : श्रावण १७, २०७७ शनिबार  १ : ५४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]