बैशाख १३, २०८१ बिहीबार

कोरोना भाइरस परीक्षणमा पोजेटिभ रिपोर्ट आएका दुईजना सम्पर्कविहिन

रुपन्देही- रूपन्देहीको बुटवलमा थप २ जनामा कोरोना भाइरसको पीसीआर परीक्षणको रिपोर्ट पोजेटिभ आएको छ ।

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको प्रयोगशालामा शुल्क तिरेर स्वाब संकलन गरिएकोमा उनीहरुको रिपोर्ट पोजेटिभ आएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले जानकारी दिनुभयो ।

बुटवल उपमहानगरपालिका वडा नं ६ ठेगाना टिपाएका उनीहरु भने सम्पर्कविहिन छन् । उनीहरुले दिएको मोबाइल नम्बरमा सम्पर्क गर्दा सम्पर्क हुन नसकेको डा गौतमले जानकारी दिनु भयो ।

परीक्षणमा पोजेटिभ देखिएका व्यक्ति नै सम्पर्कमा नआउँदा उनीहरुको ट्राभल हिस्ट्री पत्ता लगाउन समस्या भएको छ । भारतबाट आएका उनीहरुले कामका लागि फेरी भारत जानुअघि परीक्षण गराउन आएको बताएका थिए ।

प्रकाशित मिति : श्रावण १८, २०७७ आईतबार  ८ : २४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]