बैशाख ६, २०८१ बिहीबार

बन्द गराइयो बिर्तामोडको बजरंग मेडिकल : संक्रमित महिला प्रहरी शुक्रवार उपचार गर्न पुगेकी थिइन्

बिर्तामोड । बिर्तामोडमा रहेको बजरंग मेडिकल बन्द गराइएको छ । शनिबार कोरोना संक्रमण पुष्टि भएकी बिर्तामोडमा कार्यरत महिला प्रहरी श्रीमानको उपचारका लागि शुक्रवार बजरंग पुगेकी थिइन् । उनले बजरंग गएको बताएपछि थप जोखिम नहोस् भन्दै बन्द गराइएको बिर्तामोड नगरपालिकाले जनाएको छ ।

बिर्तामोडका फोकल पर्सन ओम खड्काले संक्रमित महिला प्रहरी बजरंग गएको बुझिएपछि सतर्कता अपनाउन अहिले बन्द गराइएको छ । त्यहाँ कार्यरत सबैको स्वाब परीक्षणको नतिका आएपछि मात्रै बजरंग खुल्ने छ । खड्काले भने , समुदायसम्म कोरोना नफैलियोस भनेर बजरंग बन्द गराएर त्यहाँ काम गर्नेलाई क्वारेन्टाइनमा बस्न भनिएको छ ।

मेची आँखा अस्पतालको क्वारेन्टाइनमा कार्यरत महिला प्रहरीसग प्रत्येक भेटघाट भएका १ सय जनाभन्दा धेरै नागरिकलाई क्वारेन्टाइन बस्न भनिएको छ । उनीहरुको स्वाब परीक्षणको तयारी भइरहेको छ ।

संक्रमित महिला प्रहरीका श्रीमान पनि प्रहरी हुन् । उनी काकरभिट्टामा कार्यरत छन् । उनी केही दिन देखि बिर्तामोडस्थित डेरा बस्दै आएका थिए ।

कोरोना संक्रमित श्रीमतिसँगै बस्दै आएका श्रीमानमा संक्रमण हुन सक्ने र मेडिकलमा त्यसको जोखिम हुने भएकाले मेडिकल केहि दिनका लागि बन्द गराइएको हो ।

प्रकाशित मिति : श्रावण १८, २०७७ आईतबार  ११ : ३८ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]