जेष्ठ ७, २०८१ सोमबार

बेलायतमा प्रधानमन्त्री व्यस्त

बेलायत । साताव्यापी युरोप भ्रमणका क्रममा प्रधानमन्त्री केपी शर्मा ओली यति बेलायतमा छन् । प्रधानमन्त्रीले मंगलबार बेलायतमा राजीनामा दिइसकेकी प्रधानमन्त्रीदेखि त्यहाँका राजकुमारसँगसमेत भेटवार्ता गरेका छन् । बेलायत भ्रमणका क्रममा ओलीले समकक्षी टेरिजा मेसँग भेटवार्ता गरेका छन् ।


प्रधानमन्त्री र पार्टी नेतृत्वबाट राजीनामा दिइसकेको अवस्थामा मेसँग ओलीको भेटवार्ता भएको हो । प्रधानमन्त्रीले विपक्षी दल लेबर पार्टीका नेता जेरेमी कोर्बेन र नेपाल हेर्ने संसदीय समितिका पदाधिकारीसँग भेटवार्ता गरेका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । मंगलबारै प्रधानमन्त्रीले राजकुमार ह्यारीसँग पनि भेटवार्ता गरेका छन् ।

राजकुमार ह्यारी नेपालमा २०७२ मा गएको विनाशकारी भूकम्पपछि पुननिर्माणमा सघाउन नेपाल बसेका थिए । त्यसैगरी प्रमले बेलायतस्थित नेपाली दूतावासमा गोरखा भूतपूर्व सैनिक संघ, गैरआवासीय नेपाली सङ्गठनका पदाधिकारी र प्रवासी नेपाली मञ्चका सदस्यहरूसँग भेटेका छन् ।

त्यसक्रममा बेलायतमा रहेका नेपाली नागरिकबारे प्रमले गहिरो चासो राखेका थिए । युरोप भ्रमणमा क्रममा ओली सोमबार राति बेलायत पुगेका हुन् । बेलायतमा प्रधानमन्त्री अक्सफोर्ड विश्वविद्यालय युनियनको बहसमा सहभागी भएका छन् ।

प्रकाशित मिति : जेष्ठ २९, २०७६ बुधबार  ९ : २४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]