बैशाख १९, २०८१ बुधबार

तीब्र गतिमा फैलिदैं कोरोना , आज ४६४ जनामा संक्रमण पुष्टि

बिर्तामोड । पछिल्लो २४ घन्टामा नेपालमा थप ४६४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । त्यसमा झापामा २ जना छन् ।

२४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजिटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

आज थपिएका सहित नेपालमा संक्रमितको संख्या २२ हजार २ सय १४ जना पुगेको छ । शुक्रबार ४२५ जना उपचारपछि निको भइ डिस्चार्ज भएका छन्। नेपालमा हालसम्म १५ हजार ८ सय १४ जना उपचारपछि निको भएका छन् । नेपालमा हालसम्म ६४ जना संक्रमितको मृत्यु भएको छ ।

प्रकाशित मिति : श्रावण २३, २०७७ शुक्रबार  ४ : ३५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]