चैत्र १६, २०८० शुक्रबार

बिर्तामोडमा स्वाब संकलन तीब्र, केहिदिन मै लकडाउन खोल्ने तयारी

बिर्तामोड । अनिश्चितकालिन लकडाउन गरिएको बिर्तामोडमा समुदायस्तरमै स्वाब संकलन भइरहेको छ । शुक्रवार मात्रै नगरपालिकाले मेची आँखा अस्पतालको परिसरमा २११ जनाको स्वाब संकलन गरेको बताइएको छ ।

गत १८ गतेदेखि लकडाउन गरेर ‘मास स्क्रिनिङ’ को काम गर्दै आएको बिर्तामोड नगरपालिकाले जनाएको छ । जोखिम उच्च भएपछि बिर्तामोडमा विभिन्न क्षेत्रमा कार्यरत व्यक्तिको स्वाब संकलनको काम भइरहेको बिर्तामोड नगरपालिकाका प्रशासकीय अधिकृत देवराज कार्कीले जानकारी दिए । उनका अनुसार जमघट धेरै हुने सहकारी, बंैक,अस्पताल, फार्मेसी सञ्चालकहरुको पीसीआर परीक्षणका लागि स्वाब पठाइएको छ । अब केहि व्यक्तिको स्वाब संकलन गर्न बाँकी रहेकोले उनीहरुको पनि संकलन गरेर पठाइने कार्कीले जानकारी दिए । हालसम्म ८ सय ४४ जनाको स्वाब संकलन गरी ल्याबमा पठाएइको छ ।

बिर्तामोड बसोबास गरेका केहि व्यक्तिमै कोरोना पुष्टि भएपछि समुदायमा जोखिम बढ्न सक्ने भन्दै कन्ट्याक ट्रेसिङ गरी पीसीआर परीक्षणको दायरा बढाएको बिर्तामोडका फोकल पर्सन ओम खड्काले जानकारी दिए । बिर्तामोड क्षेत्रभन्दा बाहिरका दुई जना संक्रमित व्यक्ति समेत बिर्तामोडमा घुमफिर गरेको घटनाले नगरलाई लकडाउन गर्न बाध्य बनाएको थियो । लक्ष्य अनुरुप स्वाब संकलन पुरा गरेर केहि दिनमै लकडाउन खोल्ने तयारी गरिएको बुझिएको छ ।

प्रकाशित मिति : श्रावण २३, २०७७ शुक्रबार  ७ : ४६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]