चैत्र १६, २०८० शुक्रबार

कनकाईको निर्णय : हाटबजार भदौ ५ सम्मलाई बन्द, अन्य व्यवसाय बिहान ९ देखि २ बजेसम्म खोल्न पाइने

बिर्तामोड । कनकाई नगरपालिकाले नगर क्षेत्रमा साप्ताहिक हाटबजार भदौ ५ गतेसम्मलाई पूर्णरुपमा बन्द गरेको छ ।

कोरोना भाइरस (कोभिड–१९) को बढ्दो संक्रमणबाट सतर्कता अपनाउन सो निर्णय गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रुद्रप्रसाद नेउपानेले जानकारी दिए ।

बढ्दो संक्रमणबाट नगरवासीलाई सुरक्षित राख्न अर्को सूचना नहुञ्जेलका लागि भोली आइतवारबाट हाटबजार बन्द गर्ने निर्णय भएको हो । अन्य पसल, बैंक तथा वित्तिय संस्थाहरु बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्मका लागि मात्र खुल्ला गर्न पाइने मेयर राजेन्द्र प्रसाद पोखरेलले जानकारी दिए ।
निर्णय विपरित कसैले व्यवसाय सञ्चालन गरेमा संक्रामक रोग ऐन २०२० तथा अन्य प्रचलित कानुन बमोजिम कारवाही गरिने बताइएको छ ।

प्रकाशित मिति : श्रावण २४, २०७७ शनिबार  ४ : ३९ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]