चैत्र १५, २०८० बिहीबार

कोरोना सङ्क्रमणबाट नेपालमा ७३ जनाको मृत्यु

झापा । कोरोनाभाइरसको सङ्क्रमणबाट थप तीन जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौँ उपत्यकाको टोखा, विराटनगर र वीरगञ्जमा एक एक गरी तीन जनाको मृत्यु भएको जनाएको छ । यसअघि शुक्रबार पछिल्लो चौबीस घण्टामा कोरोना सङ्क्रमित पाँचजनाको मृत्युको पुष्टि भएको थियो।

मन्त्रालयले आफ्नो दैनिक प्रेस ब्रिफिङकाे क्रममा तीनै जनाको शुक्रबार नै निधन भएको जनाएको छ । टोखा–६ घर भएकी ४१ वर्षीय महिलाको पाटन अस्पतालमा शुक्रबार निधन भएको छ । कोरोनाभाइरसबाट सङ्क्रमित उहाँ सघन उपचार कक्षमा राखेर उपचाररत रहँदा शुक्रबार बिहान निधन भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभयो ।

त्यसैगरी, वीरगञ्ज महानगरपालिका–३, छपकैया बस्ने ७४ वर्षीय पुरुषको उपचारको क्रममा निधन भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मधुमेह र दम रोगबाट पीडित उहाँको श्वासप्रश्वासमा समस्या भएपछि अस्पताल भर्ना गरिएको थियो । शुक्रबार अपरान्ह उहाँको निधन भएको हो ।

मन्त्रालयले शुक्रबार नै विराटनगरको कोशी अस्पतालमा उपचाररत एकजना ५८ वर्षीय पुरुषको कोरोना सङ्क्रमणबाट मृत्यु भएको जनाएको छ । उच्च रक्तचाप र निमोनिया भएर सप्तकोशी अस्पतालमा भर्ना भएका पुरुषलाई श्वास लिन कठिनाइ भएपछि कोशी अस्पताल, विराटनगरमा थप उपचारका लागि पठाइएकोमा शुक्रबार उपचारकै क्रममा मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. पाण्डेले बताउनुभयो ।

प्रकाशित मिति : श्रावण २४, २०७७ शनिबार  ७ : १० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]