जेष्ठ ६, २०८१ आईतबार

कोरोनाको खोपको सबैमा पहुँच पुर्‍याउन १ खर्ब अमरिकी डलर लाग्ने

एजेन्सी । कोरोना भाइरस (कोभिड–१९) खोपको विश्वका सबै व्यक्तिमा पहुँच पुर्‍याउन कम्तीमा पनि १ खर्ब अमेरिकी डलर लाग्ने विश्व स्वास्थ्य संगठन ९डब्ल्यूएचओ० ले जनाएको छ ।

सोमबार जेनेभाबाट भर्चुअल प्रेस सम्मेलनमा बोल्दै डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अडानोम घेब्रियससले भने, ुयो धेरै पैसा जस्तो लाग्छ र यो हो पनि ।ु

स्वास्थ्यका लागि प्रयोग हुने उक्त रकम जी–२० देशले कोरोना भाइरस महामारीबाट थला परेको अर्थतन्त्रलाई उकास्न वित्तीय प्रोत्साहनका लागि लगानी गरिसकेको १० ट्रिलियन डलरको तुलनामा यो निकै सानो भएको तर्क उनले गरे ।

कोरोना नियन्त्रण नभएमा अहिलेको स्वास्थ्य तथा आर्थिक संकट थप भयावह हुने भन्दै विश्वले सम्भावित जिम्मेवारीका लागि अग्रसरता देखाउनुपर्नेमा उनले जोड दिए ।

पत्रकार सम्मेलनमा उनले भने, ुआउँदो तीन महिनामा ‘एसीटी–एक्सेलेटर’को कामको मापन गर्ने महत्वपूर्ण समय हुनेछ ।ु

खोप विकास, उत्पादन र कोभिड–१९ परीक्षण, उपचार र खोपको समान पहुँचको गतिलाई अघि बढाउन डब्ल्यूएचओको अगुवाईमा ‘एसीटी–एक्सेलेटर’ ९विश्वव्यापी सहकार्य० आवश्यक रहेको पनि उनले बताए ।

उनले भने, ुयद्यपि यसलाई सफल पार्न हामीले सहकार्यलाई महत्व दिँदै नयाँ उपकरणको प्रयोगलाई प्राथमिकता दिने मापदण्डको आधार बनाउनुपर्छ ।ु

डब्ल्यूएचओ प्रमुखका अनुसार ‘एसीटी–एक्सेलेरेटर’का लागि महत्वाकांक्षा र प्रतिबद्धता गरिएको रकमको मात्रा बीच ठूलो अन्तर रहेको छ । ुहामी ‘एसीटी एक्सेलेरेटर’को आश्वासन महसुस गर्नका लागि आवश्यक अर्बौको कोषमा १० प्रतिशतमा मात्र छौं भन्ने कुराको ख्याल गर्नुपर्छ,ु उनले भने ।

यस हप्ता कोभिड–१९ सङ्क्रमण पुष्टि हुनेको संख्या २ करोडमा पुग्ने र संक्रमित ७ लाख ५० हजारको मृत्यु संख्या पुग्ने कुराप्रति सचेत गराउँदै डब्ल्यूएचओ प्रमुखले जोड दिने, ुयी तथ्यांकहरू पछाडि ठूलो दुःख र पीडा रहेको छ ।ु यस कुरालाई मध्यनजर गर्दै विश्व नेताहरूले नियन्त्रणका लागि कदम चाल्नुपर्ने र नागरिकहरूले सम्वेदनशील बनी अगाडि बढ्नेमा उनले जोड दिए ।

प्रकाशित मिति : श्रावण २६, २०७७ सोमबार  ९ : ५३ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]