चैत्र १५, २०८० बिहीबार

ठप्प भएको हल्दिवारीको सेवा आजबाट सुचारु, गाउँसभा सकियो

बिर्तामोड । आजदेखि हल्दिवारी गाउँपालिकाबाट प्रवाह हुने सम्पूर्ण सेवाहरु सूचारु हुने भएको छ । प्रवक्ता सागर पोर्तेलले सोमवार जारी गरेको सूचनाका अनुसार आज (मंगलवार) बाट सबै सेवा प्रदान गरिने छ ।

गाउँ तथा नगर सभा संचालन कार्यविधि ऐन,२०७५ बमोजिम गाउँपालिकाका अध्यक्ष रविन्द्र लिङ्देनले सोमवार दिउँसो १ बजेका लागि बोलाएको गाउँसभा अधिवेशन (सातांै) को दोस्रो बैठकले निर्णय गरे बमोजिम आजबाट गाउँ कार्यपालिका र वडा कार्यालयहरुबा प्रवाह हुने सबै सेवा सूचारु हुने प्रवक्ता पोर्तेलले जानकारी दिए ।

विवादले लामो समयसम्म गाउँपालिकाबाट नागरिकले सेवा लिन सकिरहेका थिएनन् । सोमवारको बैठकले सभा सम्पन्न गर्दै सेवा सूचारु गरेको पोर्तेलको भनाई छ । असार १० गतेदेखिको विवादले सेवा प्रवाह प्रभावित भएको थियो ।

हल्दिवारी गाउँपालिकाको सातौं गाउँसभा सम्पन्न भएको उपाध्यक्ष डम्बर गिरीले जानकारी दिए । उनकै अध्यक्षतामा गाउँसभा सम्पन्न भएको छ ।

गत असार १० गतेबाट शुरु भएको विवादले नागरिकको सबै काम चौपट्ट भएको थियो । उपाध्यक्ष गिरीले एक महिनादेखि जनातको काम रोकिएकोले सभा सक्नै पर्ने बाध्यता रहेको बताए । अध्यक्ष रविन्द्र लिङदेनले सातौं गाउँसभाको बैठक बोलाएर पनि नबसेपछि आफ्नै अध्यक्षतमा सम्पन्न गरेको गिरीको भनाई छ । अध्यक्षले आफ्ना २/४ व्यक्तिलाई लिएर हिडेपछि हामीले जनताको काम सम्झेर सभा बैठक चलायौं, अब कसैको काम रोकिदैन–गिरीले भने । सभा नसकिएकाले साउन सुरु भएदेखि सबै सेवा लगभग ठप्प थियो । आजबाट सबै सेवा सुरु हुनेछ ।

प्रकाशित मिति : श्रावण २७, २०७७ मंगलबार  ९ : ४१ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]