बैशाख ८, २०८१ शनिबार

‘रुसले कोरोना विरुद्धको विश्वकै पहिलो खोप दर्ता गरेको छ’

काठमाडौं । रुसले कोरोनाभाइरस विरुद्धको खोपको आधिकारिक रुपमा दर्ता गरेको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सरकारी टेलिभिजनमार्फत् मस्कोस्थित गमालेया इन्स्टिच्युटले विकास गरेको खोप आधिकारिक रुपमा दत्र्ता गरिएको मङ्गलबार जानकारी दिनुभएको हो । कोभिड–१९ विरुद्धको उक्त खोपलाई ‘मेगेमल’ नामाकरण गरिएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार प्रत्यक्ष प्रसारण गरिएको मन्त्रीपरिषद्को बैठकमा रुसी राष्ट्रपति पुटिनले खोप सबै आवश्यक परीक्षणबाट गुज्रिसकेको बताउनुभयो । रुसी राष्ट्रपति पुटिनले उच्च ज्वरो मापन गरिएको आफ्नो एक छोरीमा खोप लगाइएको जानकारी दिनुभयो । खोप लगाएपछि छोरीको स्वास्थ्यमा सुधार आएको उहाँले बताउनुभयो ।

समाचार संस्था एपीले रुसी राष्ट्रपति पुटिनलाई उद्धृत गर्दै लेखेको छ, “म फेरी दोहोरयाउन चाहन्छु, खोपले आवश्यक सबै परीक्षण पार गरेको छ, खोपको प्रयोगमा पूर्ण सुरक्षा सबैभन्दा महत्वपूर्ण हुन जान्छ, र यसले प्रभावकारि रुपमा काम गरेको छ ।”

पुटिनले उक्त बैठकमा पहिलो सुई लगाउने बेला छोरीलाई ३८ डिग्री सेल्सियस(१००.४ डिग्री फरेनहाइट) तापक्रम मापन गरिएकोमा अर्को दिन ३७ डिग्री(९८.६ डिग्री फरेनहाइट)मा झरेको बताउनुभयो । दोस्रो पटक सुई लगाएपछि शरीरको तापक्रम केही बढेको दत्र्ता गरिएपनि त्यसयता सबै अनुकूल रहेको उहाँले जानकारी दिनुभयो । उहाँले आफ्नो मारिया र कैट्रिनामध्ये कुन छोरीलाई खोप लगाइएको सम्बन्धमा खुलाउनुभएन ।

खोप विकासमा संलग्न अधिकारिहरुले भने कम्तिमा दुई वर्षसम्म उक्त खोप काम लाग्ने जानकारी दिएका छन् । अधिकारीहरुले ठूलो मात्रामा खोपको उत्पादन सेप्टेम्बर महिनामा मात्रै सुरु हुने जानकारी दिएका छन् । अक्टोबर पहिलो सातादेखि सर्वसाधारणका लागि खोप खुला गरिने अधिकारीहरुलाई उद्धृत गर्दै एपीले उल्लेख गरेको छ ।

रुसमा कोरोनाभाइरस प्रकोपको रुप लिएपछि राष्ट्रपति ट्रम्पले क्लिनिकल ट्रायल छोट्याएर सक्दो छिटो खोप विकास गर्न निर्देशन दिनुभएको थियो । गत् मई महिनामा नै खोप विकासमा संलग्न गमेलेया इन्स्टिच्युटका प्रमुख प्राध्यापक अलेक्जेण्डर जिन्सबर्गले आफू र अन्य अनुसन्धानकत्र्ताले खोपको परीक्षण आफूमाथि नै गरेको बताएपछि रुसी खोपको चर्चा सुरु भएको थियो ।

मानव परीक्षण ७६ जना स्वयंसेवीमा लगाएर जुन १७ मा सुरु भएको हो । ३८ जनामा झोलको रुपमा रहेको सुई लगाइएको थियो । बाँकीको ३८ जनालाई घुलनशील पाउडर लगाइएको थियो । पहिलो आधा रुसी सेनाबाट लिइएको थियो । रुसले परीक्षणको तयारी गरिरहँदा अमेरिका, बेलायत र क्यानाडाले गत् महिना रुसले पश्चिमा प्रयोगशालाबाट खोपको अनुसन्धान चोर्न ‘हयाकर’ प्रयोग गरिरहेको आरोप लगाएको थियो ।

रुसले विकास गर्न लागेको खोपको सुरक्षा, प्रभावकारिता र आवश्यक प्रकृया पुरा नगरेको आरोप लागिरहँदा खोप विकास सम्बन्धी यसप्रकारको जानकारी बाहिर आएको हो । रुसी अधिकारीहरुले सीएनएनसँगको कुराकानीमा खोपको दत्र्तापछि तेस्रो चरणको परीक्षण सुरु गरिने जनाएका थिए । रुसले विकास गरेको खोप सम्बन्धी वैज्ञानिक तथ्याङ्क सार्वजनिक गरिसकेको छैन् ।

क्रेमलिनको राजनीतिक दबाबका बीच रुस विश्वब्यापी वैज्ञानिक अन्वेषणको शक्ति रहेको चित्रण गर्न खोप सम्बन्धी सूचना बाहिर आएको हुनसक्ने सीएनएनको दाबी छ । विश्व स्वास्थ्य संगठनले भने खोप प्रयोगमा ल्याउनुभन्दा अगाडि नै परीक्षणको सबै चरण पार गर्नुपर्ने जनाएको छ । त्यसो हुन नसके खोपको प्रभावकारिता, शरीरमा नकारात्मक असरसँगै ब्यक्तिको खोपमाथिको विश्वसनियता गुम्ने स्वास्थ्य संगठनले जोड दिदै आएको छ ।

प्रकाशित मिति : श्रावण २७, २०७७ मंगलबार  ५ : ४३ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]