बैशाख २९, २०८२ सोमबार

मेचीनगरका ४ सहित थप ६३८ जनामा कोरोनामा पुष्टि

बिर्तामोड । मंगलबार कोरोना भाइरसका कारणले ६३८  सङ्क्रमित भएका छन् । योसँगै नेपाल कोरोना भाइरसका कारणले सङ्क्रमित हुनेको सङ्ख्या २३ हजार ९४८ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार आज झापामा ४ जना संक्रमित थपिएका छन् । उनीहरु मेचीनगरका हुन् । ३ पुरुष र १ महिला गरी जनामा संक्रमण पुष्टि भएको झापाका फोकल पर्सन जीवन चौलागाईले जनाकारी दिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले सो कुरा बताउनुभएको हाे । चौबीस घण्टामा दशहजार ४६२ पीसीआर परीक्षण गरेकोमा ६३८ जना नयाँ सङ्क्रमित थपिएका हुन् ।

नेपालमा सक्रिय सङ्क्रमित सातहजार २०१ रहेको छ । नेपालमा चौबीस घण्टामा एकसय ७१ कोराेना मुक्त भएका छन् । योसँगै कुल कोरोना मुक्त भएको सङ्ख्या १६ हजार ६६४ पुगेको छ ।

प्रकाशित मिति : श्रावण २७, २०७७ मंगलबार  ५ : ५८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]