बैशाख २०, २०८१ बिहीबार

झापाका ९ सहित प्रदेश १ मा ४८ जनामा काेराेना संक्रमण पुष्टि

विराटनगर : प्रदेश १ मा बुधबार थप ४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो सँगै प्रदेशमा संक्रमितको संख्या १ हजार ६ सय ११ पुगेको छ ।  सामाजिक विकास मन्त्रालय प्रदेश १ का अनुसार बुधबार थपिएका संक्रमितहरुमा मोरङका २४, सुनसरीका १४, झापाका ९ र प्रदेश बाहिर ठेगाना भएका एक जना छन् । 

बुधबार पनि मोरङमा सबैभन्दा धेरै संक्रमित थपिएका हुन् । मोरङको विराटनगरका १२ पुरुष, रंगेलीका ६ पुरुष र ३ महिला, बबियाका १ पुरुष र गुलुमका २ पुरुषमा कोरोना देखिएको छ । 

उता सुनसरीको धरानका ४ महिला र ५ पुरुष, दुहबीका ३ पुरुष र कोशी गाउँपालिकाका २ पुरुषमा कोरानो देखिएको छ । झापाको मेचीनगरका ३ महिला र ६ पुरुष, भद्रपुरका ३ पुरुष तथा रौतहटका १ पुरुषमा कोरोना पोजेटिभ देखिएको छ।

यस्तै बुधबार मोरङको बुढिगंगा २ का कोरोना संक्रमित पुरुषको सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा मृत्यु भएको छ । यो सँगै प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७ पुगेको छ । मृत्यु हुनेहरु सबै मोरङका हुन् । यस्तै प्रदेश बाहिरका २ जनाको बीपी प्रतिष्ठानमा मृत्यु भएको छ ।

प्रदेशमा अहिलेसम्म कोरोनामुक्त भएर १ हजार ११८ जना डिस्चार्ज भएका छन् । गएको २४ घण्टामा अहिलेसम्मकै धेरै १ हजार ८७८ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण भएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : श्रावण २८, २०७७ बुधबार  ४ : २० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]