बैशाख २०, २०८१ बिहीबार

झापाका ३५६ जना कोरोना संक्रमित उपचारपछि घर फर्के

बिर्तामोड । झापा गाउँपालिका र मेचीनगरपालिकाका १/१ जना गरी दुई जना उपचारपछि आज घर फर्किएका छन् । झापामा उपचारपछि घर फर्किनेको संख्या जम्मा ३५६ पुगेको छ ।

बुधबारसम्म भद्रपुरका १०, मेचीनगर ७९, बिर्तामोड ७, कनकाई १२, अर्जुनधारा १४, दमक १०, गौरादह ११, शिवसताक्षी ६, बुद्धशान्ति १७, हल्दिवारी १२, कचनकवल १३५, कमल २, गौरीगञ्ज २२, बाह्रदशी १३ र झापाका ६ जना उपचारपछि घर फर्किएको जिल्ला जनस्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले जानकारी दिए । झापामा आजसम्म संक्रमितको संख्या ४ सय ५० पुगेको छ । ६० जना कोरोना संक्रमित उपचाररत रहेका छन् ।

प्रकाशित मिति : श्रावण २८, २०७७ बुधबार  ७ : ३९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]