बैशाख २०, २०८१ बिहीबार

कोरोनाको भ्याक्सिन बनेको समाचारले सुनको भाउ ओरालो लाग्यो

काठमाडौ । रुसले कोराना भाइरसविरुद्धको खोप बनाएको समाचार सार्वजनिक भएसँगै त्यसले सुनको मूल्यमा समेत असर पारेको छ । विश्वमा सुनमा लगानी सुरश्चित भएको भन्दै विश्व बजारमा सुनको मूल्यले नयाँ रेडर्क कायम गरेको थियो ।

नेपालमा साउन २३ गते एक लाख तीन हजार पाँच सय रुपियाँ प्रतितोलामा कारोबारको भएको सुनको मूल्यले एक साता नबित्दै आठ हजार घटेर ९५ हजार चारसयमा कारोबार भएको थियो । बिहीबार भने सुुन प्रतितोला दुई हजार चार सय रुपियाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी सङ्घले कोरोना भाइरसको महामारी नघटी यही अवस्थामा रहेमा दसैँअघि नै एक लाख ५० हजार पुग्ने प्रक्षेपण गरेको थियो । सञ्चारमाध्यममा सुनको मूल्य एक लाख ५० हजारसम्म पुग्ने समाचार आएसँगै सुन किन्नेको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका उपाध्यक्ष दियशरत्न शाक्यले कोभिडको महामारी अहिलेकै अवस्थामा रहेमा एक लाख ५० हजारसम्म पुुग्ने अनुमान गरेको बताउनुभयो । तर रुसमा कोरानाविरुद्धको भ्याक्सिन बनेको हल्लासँगै विश्वबजारमा सुनको मूल्य बढेर नेपालमा बुधबार एकैदिन छ हजारभन्दा धेरैले घटेको थियो ।

केही समयदेखि सुनले निरन्तर नयाँ मूल्यमा कीर्तिमान कायम गरिरहेको थियो । उपभोक्ताहरूले तोलाकै एक लाख ५० हजारसम्म पुुग्ने प्रक्षेपणपछि सुन किन्न आकर्षित भएका थिए । तर एकै दिन छ हजारले सुनको मूल्य घटेपछि उनीहरूमा निरासा समेत छाएको छ । त्यस्तै बुधबारभन्दा बिहीबार पुनः सुनको मूल्य एक तोलामा दुई हजार चार सयले बढेको छ ।

सुनचाँदी व्यवसायी सङ्घका उपाध्यक्ष शाक्यका अनुसार कोरोनाकै कारण अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर उकालो लागेको शाक्यले बताउनुभयो । यहीक्रम अघि बढे दसैँ तिहारसम्ममा सुनको मूल्य एक लाख २५ हजारसम्म पुग्ने अनुमान गरिएको शाक्यले बताउनुभयो । अन्तर्राष्ट्रिय बजारमा दुई हजार २२ प्रति औँस कारोबार भइरहेकाले त्यसको हिसाब गर्दा नेपालमा सुनको मूल्य एक लाख नाघेको थियो । तर बुधबार छ हजारले घटेको सुनको मूल्य फेरि बिहीबार दुई हजार चार सयले बढेको छ ।
सुनको मूल्य बढेपछि साना व्यापारी बेच्न हतारिए
सुनचाँदी व्यवसायी सङ्घका उपाध्यक्ष शाक्यका अनुसार साना लगानीका लगानीकर्ताहरूसँग रहेको सुन बेच्न हतारिएको कारणले समेत सुनको मूल्यमा एक्कासि घटेको बताउनुभयो । ‘यो माइनर कारण हो तर मेजर कारण भनेको रुसमा कोरोनाको भ्याक्सिन बनेको हल्लापछि सुनको मूल्यमा एकैपटक गिरावट आएको हो’ शाक्य बताउनुहुन्छ ।

अहिले डलरको अवस्था कमजोर हुनु र अन्तराष्ट्रिय बजारमा तेलको मूल्यमा गिरावट आएको कारणले सुनमा लगानी गर्ने हौसिएको बताउनुभयो । विश्व बजारमा लगानी गर्ने क्षेत्रमा सबैभन्दा सुरक्षित सुन रहेकाले निरन्तर यसको मूल्यमा उकालो लागेको थियो ।

विश्वमै सुनको मूल्यमा भइरहेको उचारचढावसँगै नेपालमा सुनचाँदीको व्यवसाय गर्ने नौ हजार व्यवसायीहरू प्रत्यक्ष प्रभावित बनेका छन् । सुनको मूल्यमा बढ्ने र घट्ने क्रम चलेसँगै त्यसले सिधै व्यवसायीहरूलाई असर पारेको छ । सुनको मूल्य निरन्तर उकालो लागेसँगै नौ हजार व्यवसायी प्रभावित भएको नेपाल सुनचाँदी व्यवसायी सङ्घका उपाध्यक्ष शाक्यले बताउनुभयो ।

दैनिक सिजनमा ६० किलोसम्म सुनको कारोबार हुने गरेको थियो । त्यस्तै सामान्य अवस्थामा समेत दैनिक ४० किलो सुनको कारोबार हुने गरेकोमा अहिले दैनिक पाँच किलोसम्म मात्र सुनको कारोबार भएको उपाध्यक्ष शाक्यले बताउनुभयो । अहिले अति आवश्यक भएकाहरूले मात्रै किनबेच गर्ने गरेका छन् । अहिले नेपालमा सुनचाँदीको कारोबार स्थिर रहेको शाक्यले बताउनुभयो ।

प्रकाशित मिति : श्रावण २९, २०७७ बिहीबार  १ : ४० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]