जेष्ठ ४, २०८१ शुक्रबार

झापाका २ जनासहित थप ५२५ जनाका कोरोना संक्रमण पुष्टि

बिर्तामोड । नेपालमा थप ५२५ जनामा कोरोना पुष्टि भएको छ । ३८ वटा पीसीआर ल्यावमा गरिएको परीक्षणमा झापाका २ जना छन् । अर्जुनधाराका १ पुरुष र बिर्तामोडकी १ महिलामा संक्रमण पुष्टि भएको छ । उनीहरु दुवै जना भारतबाट आएर क्वारेन्टाइन बसेका थिए । यो सँगै कुल संक्रमितको संख्या २४ हजार ९ सय ५७ पुगेको छ ।

कोरोना संक्रमणका कारण देशभर २२ महिलासहित ९५ जनाको मृत्यू भएको छ । प्रदेश १ मा ८ जनाको निधन भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार देशभर ४९६ भेन्टिलेटर र ९४२ आइसियु बेड सञ्चालनमा रहेको छ । हालसम्म १६ हजार ८ सय ३७ जना उपचारपछि घर फर्किएका छन् ।

प्रकाशित मिति : श्रावण २९, २०७७ बिहीबार  ४ : ३० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]