बैशाख ३०, २०८१ आईतबार

मेची अस्पताल भद्रपुरमा पहिलो दिन २२७ जनाको आरटी पीसीआर परीक्षण

बिर्तामोड । मेची अस्पताल भद्रपुरमा आजदेखि आरटी पीसीआर परीक्षण शुरु भएको छ । अस्पतालका अध्यक्ष सोमनाथ पोर्तेलका अनुसार पहिलो दिन २२७ जनाको आरटी पीसीआर परीक्षण भएको छ । २२७ जनाकै नतिजा नेगेटिभ आएको छ ।

शुक्रवारबाट स्वास्थ्य मन्त्रालयले मेची अस्पतालको परीक्षणलाई औपचारिक परीक्षणको मान्यता दिएको छ । गत हप्तादेखि नमुना परीक्षण गर्दै आएको मेची अस्पतालले शनिवारबाट परीक्षण दायरा समेत बढाउने अध्यक्ष पोर्तेलले जानकारी दिए ।

झापामा पहिलो पटक मेची अस्पताल भद्रपुरले कोरोना भाइरस संक्रमण भए/नभएको जाँच गर्न आरटी पीसीआर परीक्षण शुरु गरेको हो । अस्पतालमा प्रदेश सरकारले हस्तान्तरण गरेको पीसीआर ल्याव सञ्चालन भएपछि प्रदेश १ मा कोरोना परीक्षणको दायरा समेत बढेको छ । गत २० गते बाट अौपचारिक रुपमा परिक्षण अारम्भ गरेको थियोे ।

प्रकाशित मिति : श्रावण ३०, २०७७ शुक्रबार  ९ : ५० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]