जेष्ठ ४, २०८२ शनिबार

भारत एकैपटक तीन थरिका भ्याक्सिन बनाउँदैछ : मोदी

काठमाडौं। ‘‘भारत एक होइन तीन/तीन थरिका भ्याक्सिन बनाउँदै छ र त्यसको अलगअलग चरणमा परीक्षण चलिरहेको छ। एकपटक त्यसले स्वीकृति पाउने बित्तिकै हामी व्यापक रूपमा उत्पादन गर्न थाल्नेछौं,’’ भारतीय प्रधानमन्त्रीले भने। आज उनले भारतको स्वतन्त्रता दिवसका उपलक्ष्यमा सम्बोधन गर्दै यस्तो बताएका हुन्।

नयाँ दिल्लीको लालकिल्लाबाट सम्बोधन गर्दै उनले नेसनल डिजिटल हेल्थ मिसन शुरू गर्ने पनि जानकारी दिए। सबै नागरिकलाई एक हेल्थ आईडी दिइने र त्यसमा स्वास्थ्यसँग जोडिएका सबै सूचना राखिने पनि उनले बताए। उनले भने, ‘‘कोरोनालाई लिएर सबै नागरिकमा चिन्ता छ। सबै यो जान्न चाहन्छन् कि, त्यसको भ्याक्सिन कहिले आउँछ।’’ कोरोना संक्रमणबारे भारत चिन्तित रहेको उनको भनाइ थियो।

प्रधानमन्त्री मोदीले सातौंपटक लगातार स्वतन्त्रता दिवसका उपलक्ष्यमा लालकिलाबाट राष्ट्रध्वजा लहराए। उनले भारत आत्मनिर्भर बन्नु पर्ने उल्लेख गर्दै आफ्नोे देशबाट कच्चा पदार्थ आपूर्ति गर्न नसिकने बताए। उनले भने, ‘‘भारतले एकपटक ठानेको कुरा पूरा गरेरै छाड्छ।’’ भारतले आफ्ना छिमेकीसँग सम्बन्ध सुमधुर राख्ने र आर्थिक, सामाजिक तथा सांस्कृतिक एकतालाई थप गहिरो बनाउने पनि उनले घोषणा गरे। (बीबीसी)

प्रकाशित मिति : श्रावण ३१, २०७७ शनिबार  ११ : २३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]