बिर्तामोडमा कार्यरत छैनन् कोरोना संक्रमित एनआइसी बैंकका कर्मचारी
बिर्तामोड । एनआइसी एसिया बैंकका एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । बिर्तामोडमा स्वाब दिएका कर्मचारी बैंकका प्रदेश कार्यालय बिराटनगरका चालक हुन् ।

बिर्तामोडमा कार्यरत कर्मचारीमा कोरोना पुष्टि नभएको एनआइसीले स्पष्ट पारेको छ ।
४३ वर्षीय चालकमामा कोरोना संक्रमण पुष्टि भएको हो । बिर्तामोड नगरपालिकाले समुदायस्तरमा स्वाब संकलन गर्दा उनले पनि यहाँ स्वाव दिएको बिर्तामोड नगरपालिकाका फोकल पर्सन ओम खड्काले जानकारी दिए । ट्रेसिङका क्रममा उनलाई समेत परीक्षण गर्नुपर्ने देखिएकाले स्वाब लिइएको थियो ।