बैशाख १४, २०८१ शुक्रबार

कोरोना कहर : शिवसताक्षीमा आज राति देखि के हुदैछ ?

झिलझिले । समुदायमा कोरोना संक्रमण फैलन थालेपछि शिवसताक्षी नगरले पनि आंशिक रुपमा लकडाउन गर्ने निर्णय गरेको छ ।

बिहान ८ बजे देखी दिउसो १ बजे सम्म आंशिक रुपमा बजार खुल्ला गरेपनि सवारी साधनमा आवत जावतमा भने पुण रोक लगाएको छ । पालिकाले दिएको समय बाहेक पसल खोले, सडकमा आवत जावत गरे, विनाकाम घर बाहिर निस्कीए क्वोन्टिनमा समेत राखिने नगरका प्रवक्ता नविन ईजमले जानकारी दिए ।

नगरपालिकाको बोर्ड बैठकले सोमबार राति १२ बजे देखि भदौ ८ गते सम्म लकडाउन गर्ने निर्णय गरेको छ । नगरपालिकाका प्रमुख चन्द्रकुमार शेर्माले सबै नगरबासीलाई अत्यावस्यक कामबाहेक घर बाहिर ननिस्कन आग्रह गरेका छन् ।

अत्यावश्यक सेवाहरु स्वास्थ्य संस्था, औषधी पसल, दुध डेरी बाहेक अन्य व्यवसायका पसलहरु बिहान ८ बजे देखी १२ बजे सम्म मात्र खोल्न पाउने निर्णय भएको छ । प्रवक्ता ईजमले भने, ‘बाँकी समय पुर्ण बन्द गरिने छ । होटल व्यवसाय लकडाउन अवधिभर नै पूर्णरुपमा बन्द गरिने निर्णय भएको छ ।’ यो समयामा उपभोक्ता र बिक्रेताले अनिवार्य रुपमा माक्स, सेनिटाईजर र भौतिक दुरी कायम राख्नु पर्ने नगरपालिकाले नियम बनाएको छ ।

नगर भित्रका साप्ताहिक बजारहरु अर्को सूचना नहुन्ञ्जेल सम्मको लागि बन्द गरिएको शिवसताक्षी नगरपालिकाले जनाएको छ । नगर भित्र कुनै पनि सभा समारोह, गोष्ठी, योग कक्षा सचालन गर्न पाईने छैन । प्रवक्त ईजमका अनुसार जिम खाना बन्द गरिएको छ ।

विवाह, व्रतवन्ध, पुराण जस्ता धार्मिक कार्यक्रमहरु गर्नु परे २५ जना भन्दा बढी सहभागी हुन पाईने छैन । उल्लेखित संख्याले अनिवार्यरुपमा माक्स, सेनिटाईजर र भौतिक दुरी कायम राख्नु पर्ने निर्णय भएको छ । बैंक तथा वित्तिय संस्थाहरु बिहान १० बजेदेखी १ बजे सम्म मात्र संचालन गर्नुपर्ने छ । कर्मचारीले अनिवार्य रुपमा परिचय पत्र साथमा नबोके स्थानीय प्रसाशनले पक्राउ गर्ने नगरपालिकाले जनाएको ।

आकसमिक सेवाका दमकल, एम्बुलेन्स, सुरक्षाकर्मीका सवारी साधन, अतिआवश्यक काममा खटिएका नगरपालिकाका जनप्रतिनिधिहरु, स्वास्थ्यकर्मी, शिवसताक्षी नगरका कर्मचारीले प्रयोग गर्ने सवारी साधन बाहेक नगरभित्र संचालन गर्न पाईने छैन । नगरका प्रवक्ता ईजमका अनुसार पूर्व पश्चिम राजमार्गमा भने पालिकाले निर्णय लागुन हुने छैन ।

नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयको दैनिक प्रशासनिक काम पनि मंगलबार देखि पुर्ण रुपमा बन्द गरिएको छ । यस अघि दैनिक रुपमा प्रसाशनिक कामहरु हुदै आएको थियो । कार्यपालिका बोर्डले नगरपालिका अन्तर्गत का सबै वडा कार्यालयबाट प्रभाह हुने सेवा बन्द गरेको छ । विपतको घडीमा सम्पूर्ण नगरवासी बाट सहयोगको शिवसताक्षी नगरपालिकाले अपेक्षा लिएको प्रवक्ता ईजमले बताए ।

प्रकाशित मिति : भाद्र १, २०७७ सोमबार  ६ : २२ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]