जेष्ठ ४, २०८१ शुक्रबार

झापाका २० सहित प्रदेश १ मा थप १३९ जनामा कोरोना पुष्टि

विराटनगर । प्रदेश १ मा आज १ सय ३९ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १ सय ५, झापामा २०, सुनसरीमा ६, संखुवासभामा ३, उदयपुरमा २, पाँचथर र प्रदेश १ बाहिरका २ जना रहेका छन् ।

संक्रमण देखिएका मध्ये ४२ महिला र ९७ जना पुरुष छन् । विवरण अनुसार मोरङको विराटनगरमा ९६ जना संक्रमित भएका छन् । जसमा ३१ महिला र ६५ पुरुष छन् । बुढीगंगामा २ महिला ३ पुरुष, सुन्दरहरैचामा १ महिला १ पुरुष, ग्रामथान र पथरीशनिश्चरेमा १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । उता झापाको दमकमा ७ पुरुष, भद्रपुरमा १ महिला ५ पुरुष, झापा गाउँपालिकामा २ पुरुष, कनकाईमा १ महिला र झापाको स्थानीय तह नखुलेका ४ जना पुरुष, सुनसरीको इटहरीमा १ महिला २ पुरुष, धरानमा २ महिला १ पुरुष, संखुवासभाको सभापोखरीका ३ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । उदयपुरको बेलका र त्रियुगामा १–१ पुरुष, पाँचथरको कुम्मायकमा १ महिला र धनुषाका १ महिला र महोत्तरीका १ महिलामा संक्रमण देखिएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या २ हजार २ सय ३२ पुगेको छ । प्रदेश १ बाट आज ३४ जना डिस्चार्ज भएका छन् । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरबाट १६ र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट १८ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा मोरङका २०, सुनसरीका १२ र झापाका २ जना छन् । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या १ हजार १ सय ३३ पुगेको छ । प्रदेश १ मा आज २ हजार ६ सय ३१ जनाको पीसीआर परीक्षण गरिएको छ । हाल सम्म ७० हजार १ सय २ जनाको पीसीआर परीक्षण भएको छ ।

प्रकाशित मिति : भाद्र २, २०७७ मंगलबार  ३ : ५४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]