बैशाख ७, २०८१ शुक्रबार

गौरीगञ्जमा पनि देखियो समुदायस्तरमा कोरोना

आत्मराम राजवंशी

गौरीगञ्ज । गौरीगञ्ज गाउँपालिकामा पहिलो पटक समुदायस्तरमा आज कोरोनाको संक्रमण फैलिएको पुष्टि भएको छ ।

गौरीगंज गाउँपालिका वार्ड नं. ६ घर भएका ३० बर्षीय पुरूषमा कोरोना संक्रमण भएको स्वास्थ्य शाखा प्रमुख राम चन्द्र मिश्रले जानकारी दिए । गौरीगंज गाउँपालिकाको समन्वय र उद्योग वाणिज्य संघ गौरीगंजको आयोजनामा दोस्रो चरणमा ६१ जनाको स्वाव संकलन गरी पीसीआर परिक्षण गर्दा १ जना व्यापारीमा कोरोना संक्रमण पुष्टि भएको हो । पुष्टिभएसंगै गौरीगंज क्षेत्रमा जोखिम बढेको छ ।

संक्रमित व्यक्ति स्थानिय व्यापारी रहेको बुझिएको छ । साउन ३२ गते आईतवार उद्योग वाणिज्य संघ गौरीगंजले स्थानिय व्यापारी र ईच्छुक सर्वसाधारणको स्वाव संकलन गरि विराटनगरस्थित कोशी कोरोना अस्पतालमा पठाएको थियो । समुदायमा कोरोना देखिएपछि गौरीगंज गाउँपालिकाको आपतकालिन वैठक बसिरहेको छ । उनको सम्पर्कमा आएकाहरूको कन्ट्रयाक ट्रेसिङ्ग गर्ने , गौरीगंजको बजार क्षेत्र सिल गर्ने र गौरीगंज क्षेत्र आवतजावतमा निषेध गरिने विषयमा निर्णय गरिने जनाईएको छ ।

प्रकाशित मिति : भाद्र ४, २०७७ बिहीबार  ४ : २५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]