बैशाख २९, २०८२ सोमबार

थप ७०७ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या पुग्यो २९,६४५

झापा । पछिल्लो २४ घन्टामा नेपालमा थप ७०७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। 

२४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या २९ हजार ६४५ जना पुगेको छ। 

काठमाडौं उपतयकामा मात्र आज २०० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। काठमाडौंमा १७४, भक्तपुरमा ८ र ललितपुरमा १८ जनामा कोरोना संक्रमण देखिएको हो।

पछिल्लो २४ घण्टामा थप २६४ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म १७ हजार ९६४ उपचारपछि निको भएका छन्।

नेपालमा हालसम्म १२२ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

प्रकाशित मिति : भाद्र ४, २०७७ बिहीबार  ४ : २९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]