बैशाख १४, २०८१ शुक्रबार

कनकाईमा अनिश्चितकाल ‘लकडाउन’

सुरुङा । कनकाई नगरपालिकाले भदौं ५ गतेसम्मलाई गरेको आंशिक लकडाउन थप गरेको छ । नगरको आज सम्पन्न बैठकले पुरानो व्यवस्थालाई फेरबदल गरी अनिश्चितकालिन बन्दको निर्णय गरेको छ ।

कोरोना संक्रमण तीब्र रुपमा फैलिरहेकोले थप सतर्कताका लागि समय थप गरिएको प्रमुख प्रशासकीय अधिकृत रुद्र नेउपानेले जानकारी दिए । उनका अनुसार साप्ताहिक हाट बजार अनिश्चितकालिन बन्द गरिएको छ । यस्तै, अन्य व्यवसायिक क्षेत्र, बैंक तथा वित्तीय संस्थाहरु विहान १० देखि ३ बजेसम्मका लागि खुल्ला गर्ने निर्णय भएको नेउपानेले जानकारी दिए । निश्चित समयका लागि खुल्ला गरिएका क्षेत्रमा अनिवार्य स्वास्थ्य सुरक्षाका मापदण्ड पुरा गर्न नगरपालिकाले आग्रह गरेको छ ।

कनकाई नगरपालिकाको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण समितिले नगरका कुनै पनि क्षेत्रमा भीडभाड नगर्न नागरिकहरुमा अपील गरेको छ । निर्णय विपरित पसल खुल्ला गरेमा संक्रमक रोग ऐन २०२० तथा अन्य प्रचलित कानुन बमोजिम कारवाही गरिने बताइएको छ ।

प्रकाशित मिति : भाद्र ५, २०७७ शुक्रबार  २ : २१ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]