जेष्ठ ७, २०८१ सोमबार

ड्रगेस्ट मुद्धा लागेकालाई जोगाउन कसले दियो लक्ष्मी माविको सिफारिस ?

बिर्तामोड । अर्जुनधारा –६ मा रहेको लक्ष्मी माविले गैर विधार्थीलाई कुनै पनि सिफारिस नगरेको स्पष्ट पारेको छ । बिहीवार प्रधानाध्यापक विरेन्द्र प्रसाद गुप्ताले इलाका प्रहरी कार्यालय अनारमनीलाई पत्रचार गर्दै सिफारिस नगरेको बताएका छन् ।


लागु औषध मुद्दामा पक्राउ परेका भारतीय नागरिक विवेक राईलाई चरित्र ठिक भएको जनाउँदै विधालयको तर्फबाट सिफारिस लेखेको प्रमाण फेला परेपछि पूर्व विधार्थीले इलाका प्रहरी कार्यालय अनारमनीमा उजुरी दिएका थिए । सो सिफारिसमा राईको ठेगाना साविक शनिश्चरे गाविस ७ लेखिएको छ ।


विर्तामोडका डिएसपी मोहन थापाले विधालयका तर्फबाट कुनै सिफारिस नगरेको जनाउँदै पत्र आएको जानकारी दिए । सिफारिस नगरेको पत्र प्राप्त नभएपछि डिएसपी थापाले विधालयको लेटर प्याड र स्टाम्प झिकाएका छन् । जवाफ आइसक्यो, थापाले भने – अब थप अनुसन्धान अघि बढ्ने छ ।


विधालयको आधिकारिक लेटरप्याडमा सिफारिस गरेको प्रमाण सहित इप्रकामा उजुरी हालिएको छ । प्रअ गुप्ताले चलानी नम्बर च.नं. १२४/०६९ अनुसार खोजी कुनै सिफारिस नगरेको पत्रमा उल्लेख छ । विधालयको लेटरप्याड र स्टाम्प प्रयोग गरिएको उक्त सिफारिस ०६९ चैत २९ मा तयार गरिएको उजुरीमा उल्लेख छ ।

सिफारिसमा प्रधानाध्यापक लेखेर त्यसमाथि सहायक प्रअ घनश्याम डाँगीले हस्ताक्षर गरेको बताइए पनि अनुसन्धान पछि हो होइन निश्चित हुनेछ । उनको नाम नलेखिए पनि हस्ताक्षर चाँही डाँगी कै रहेको दावी गरिएको छ । सोहि सिफारिसका आधार मुद्दा जितेको समेत स्रोेतको दावी छ ।

कक्षा १२ को परीक्षापछि विधालयमा हाजिर नभएका प्रअ गुप्ता र सहायक प्रअ डाँगी २० दिनपछि विधालय पुगेका थिए । उनीहरु प्रहरीको निगरानीमा विधालय प्रवेश गरेका हुन् ।

प्रकाशित मिति : जेष्ठ ३०, २०७६ बिहीबार  ८ : २९ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]