जेष्ठ ४, २०८२ शनिबार

डब्लूएचओ भन्छ, ‘स्पेनिस फ्लुभन्दा कोरोना महामारी चाँडै अन्त्य हुने आशा छ’

बीबीसी । विश्व स्वास्थ्य संगठन ९डब्लूएचओ० ले विश्वभर फैलिएको कोरोना भाइरसको महामारी दुई वर्षभन्दा कम समयमै हराएर जाने आशा व्यक्त गरेको छ । डब्लूएचओका प्रमुख डाक्टर टेड्रोस एडहानम गेब्रियसले सन् १९१८ मा फैलिएको स्पेनिस फ्लुको तुलनामा कोरोना महामारी चाँडो नियन्त्रणमा आउने दाबी गरेका हुन् ।

उनका अनुसार भूमण्डलीकरण र विश्वभरका मानव एकअर्काको सम्पर्कमा रहेका कारण कोरोना संक्रमण विश्वव्यापी रूपमा चाँडो फैलिएको हो । तर अत्याधुनिक प्रविधिका कारण यो स्पेनिस फ्लुभन्दा चाँडो नियन्त्रण हुने विश्वास गरिएको छ ।

स्पेनिस फ्लु १९१८ फ्रेबुअरीदेखि १९२० अप्रिलसम्म अर्थात् दुई वर्षभन्दा बढी समयसम्म रहेको थियो । त्यसले श्विका २ करोड मानिसको ज्यान लिएको थियो ।

प्रकाशित मिति : भाद्र ६, २०७७ शनिबार  ९ : २२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]