बैशाख १४, २०८१ शुक्रबार

बाह्रदशीका तीन पुरुषमा कोरोना पुष्टि, झापामा संक्रमितको संख्या ५०९ पुग्यो

बिर्तामोड । झापाको बाह्रदशीमा आज तीन जना पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय झापाका जीवन चौलागाईका अनुसार उनीहरु वडा नं. ५ र ६ का हुन् ।
आसाम , विहार र कतारबाट आएका पुरुषमा संक्रमण पुष्टि भएको हो । यो सँगै बाह्रदशीमा कोरोना संक्रमितको संख्या २१ पुगेको छ ।

सो गाउँपालिकाका १३ जना संक्रमित उपचारपछि घर फर्किसकेका छन् । आजसम्म झापामा कुल संक्रमितको संख्या ५०९ पुगेको छ ।

आइतवारसम्मको तथ्याङक अनुसार भद्रपुरमा जम्मा संक्रमित २८, मेचीनगर १०४, बिर्तामोड १८, कनकाई १३, अर्जुनधारा २२, दमक ६३, गौरादह १९, शिवसताक्षी ११, बुद्धशान्ति १७, हल्दिवारी १२, कचनकवल १३९, कमल ७, गौरीगञ्ज २६ र झापाका ९ पुगेकोे जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले जानकारी दिए । हालसम्म ३९७ जना उपचारपछि घर फर्किएका छन् भने १०९ जना उपचाररत रहेका छन् ।

प्रकाशित मिति : भाद्र ८, २०७७ सोमबार  १ : १९ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]