बैशाख २९, २०८२ सोमबार

प्रदेश १ मा एकै दिन तीन जनाको मृत्यु

विराटनगर । प्रदेश १ सोमबार तीनजना कोरोना संक्रमितको मृत्यु भएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा दुईजना पुरुष र कोशी अस्पताल विराटनगरको कोभिड–१९ उपचार केन्द्रमा एकजना पुरुषको मृत्यु भएको हो ।

वीपीमा आइतबार साँझ धरान–८ का ६७ वर्षीय पुरुषको निधन भएको थियो । प्रतिष्ठानमा पहिलो पहिलो प्लाज्मा थेरापी गरिएका पुरुषको मृत्यु भएको प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिनु भएको हो । यसैगरी वीपीमै सोमबार दिउँसो सिराहाको मलहाना–२ गोविन्दपुरका २२ वर्षीय युवकको मृत्यु भएको प्रवक्ता सापकोटाले जानकारी दिनुभयो ।

यसैगरी कोशीको कोभिड–१९ उपचार केन्द्रमा विराटनगर–८ का ६५ वर्षीय पुरुषको आइतबार राति ९ बजे मृत्यु भएको थियो । पछिल्लो २४ घण्टामा तीनजनाको मृत्युसँगै ६४ जना संक्रमित थपिएका छन् । सोमबार सामाजिक विकास मन्त्रालयले सार्वजानिक गरेको सुचनामा २४ महिला र ४० पुरुषमा कोरोना संक्रमण पोजेटिभ देखिएको पुष्टि गरेको हो ।

मन्त्रालयका अनुसार मोरङमा २९, सुनसरीमा १९, झापामा ५, धनकुटामा २, संखुवासभामा १ र प्रदेश १ बाहिरका ८ जना रहेका छन् । प्रदेश राजधानी विराटनगरमा पछिल्लो २४ घण्टामा २३ जनामा संक्रमण पुष्टि भएको छ । १० महिला र १३ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । मोरङको सुन्दरहरैचामा एक महिला दुई पुरुष, बेलबारीमा एक महिला एक पुरुष, जहदामा एक पुरुषमा संक्रमण देखिएको हो ।

यसैगरी सुनसरीको गढीमा तीन महिला तीन पुरुष, दुहवीमा ती पुरुष, बर्जुमा चार महिला एक पुरुष, धरानमा २ महिला १ पुरुष, इटहरीमा १ महिला १ को रिपोर्ट पोजेटिभ आएको छ । झापाको बा¥हदशीमा १ महिला ४ पुरुष, धनकुटाको धनकुटा नगरपालिकामा २ पुरुष, संखुवासभाको खाँदबारीका १ पुरुष र प्रदेश १ बाहिरका १ महिला ७ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या २ हजार ७२३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा प्रदेश १ मा थप ३ जनाको मृत्यु भएसँगै संख्या २२ जना पुगेको छ । मृतकमध्ये पाँचजना प्रदेश नम्बर २ का नागरिक हुनुहुन्छ । प्रदेश १ अन्तर्गत विराटनगरका १०, धरानका ३, बुढीगंगाका २, रंगेली र सुनबर्षीका १–१ जनाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ बाट १२ जना डिस्चार्ज भएका छन् । कोभिड १९ आईसोलेसन केन्द्र रंगेलीबाट १२ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनको संख्या १ हजार २८० पुगेको छ । प्रदेश १ मा सोमबार १ हजार ५५० जनाको पीसीआर परीक्षण भएको छ । मन्त्रालयका अनुसार ७८ हजार ७०२ जनाको पीसीआर परीक्षण भएको छ ।

प्रकाशित मिति : भाद्र ८, २०७७ सोमबार  ५ : ४० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]