जेष्ठ ६, २०८१ आईतबार

बिर्तामोडमा अनिश्चितकालीन निषेधाज्ञा

झापा । जिल्ला प्रशासन कार्यालय झापाले बिर्तामोडका केही स्थानमा निषेधाज्ञा जारी गरेको छ । बिर्तामोड–५ मा समुदायस्तरमा कोरोना देखिएपछि जिल्ला प्रशासन कार्यालयले मुक्तिचोक, शनिश्चरे रोडपूर्व, ट्राफिक कार्यालय उत्तर कृषि विकास बैंक, दक्षिणमा हिकोला रोड, पश्चिममा रत्न सुपरमार्केट र आसपास जोडिएका पसल, तमुटोल क्षेत्र, महेन्द्र राजमार्ग दक्षिण हनुमान सेन्ट्रलसम्मको क्षेत्र अर्को सूचना नभएसम्मका लागि लकडाउन गरिएको हो ।

प्रशासन कार्यालयले विज्ञप्ति जारी गर्दे संक्रामक रोग सम्बन्धि ऐन २०२० को दफा २ अनुसार निषेधाज्ञा गरेको जानकारी गराएको छ । निषेधाज्ञाको समयमा सो क्षेत्रमा पसल खोल्न नपाउने, इजाजत प्राप्त सवारीबाहेक सबै सवारी साधनको आवागमन नै बन्द गर्ने जनाएको छ ।

शिवताक्षी नगरपालिकामा समेत १५ भदौसम्मका लागि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानामगरले जानकारी दिए ।

प्रकाशित मिति : भाद्र ९, २०७७ मंगलबार  ४ : ५९ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]