जेष्ठ ६, २०८१ आईतबार

झापाका १६ सहित थप ८८५ जनामा कोरोना पुष्टि

बिर्तामोड । झापाका १६ जना सहित देशभर थप ८८५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा जम्मा संक्रमितको संख्या ३४ हजार ४ सय १८ पुगेको छ ।

आज झापा दमकका ९ पुरुष र ६ जना महिला र गौरीगञ्जमा एक महिला गरी १६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले जानकारी दिए । १४ जनामध्ये २ जना औषधि विक्रेता, भारतबाट आएका २ जना र १२ जना स्थानीय ( समुदायका) मा कोरोना पुष्टि भएको हो । झापामा जम्मा संक्रमितको संख्या ५३४ पुगेको छ ।

प्रकाशित मिति : भाद्र १०, २०७७ बुधबार  ४ : ३१ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]