जेष्ठ ९, २०८१ बुधबार

झापामा डेंगुबाट उच्च सतर्कता अपनाउन निर्देशन

भद्रपुर । झापामा डेंगुको संक्रमण देखा परेपछि नियन्त्रण तथा रोकथामका लागि उच्च सतर्कता अपनाउन स्थानीय तहलाई निर्देशन दिइएको छ ।


प्रदेश सरकारको निर्णय बमोजिम जिल्ला प्रशासन कार्यालय झापामा बसेको आकस्मिक बैठकमा झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले निर्देशन दिएका हुन् । ‘पछिल्लो समयमा झापालगायत प्रदेश १ का जिल्लामा डेंगु संक्रमित भेटिन थालिएको छ,’ प्रमुख जिल्ला अधिकारी दाहालले भने, ‘यसको रोकथाम र नियन्त्रणमा बेलैमा गरे नियन्त्रण गर्न सकिन्छ । डेंगु नियन्त्रणका लागि झापाका सबै स्थानीय तहका जनप्रतिनिधिले आ–आफ्नोतर्फबाट अभियान चलाउन आवश्यक छ ।’


१५ वटै पालिकाका स्वास्थ्य शाखा संयोजक, जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन, जिल्लाका सुरक्षा निकायका अधिकारी सहभागी थिए । अहिलेसम्म भद्रपुर, बिर्तामोड, अर्जुनधारा, दमक नगरपालिकामा आठ जना डेंगु संक्रमित भेटिएका छन् । उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको झापाका सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेलले जानकारी दिए ।


झापामा पहिलो पटक सन् २०१२ मा काँकडभिट्टामा डेंगुको संक्रमित फेला परेको थियो । डेंगुको संक्रमणका कारण गत वर्ष झापामा दुई जनाको मृत्यु भएको जनाइएको छ । दुई हजार जनाभन्दा बढीमा डेंगुको संक्रमण देखिएको यसलाई नियन्त्रण गर्न समय लाग्ने जिल्ला स्वास्थ्य कार्यालय भद्रपुरका अधिकृत कुलबहादुर पौडेलको भनाइ छ ।

प्रकाशित मिति : जेष्ठ ३१, २०७६ शुक्रबार  ३ : ४९ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]