जेष्ठ ६, २०८१ आईतबार

विनोद चौधरीलाई कोरोना सङ्क्रमण

काठमाडौ । उद्योगपति तथा सांसद विनोद चौधरी कोरोनाभाइरसबाट सङ्क्रमित हुनुभएको छ । उहाँले आफ्नो आधिकारिक ट्विटर ह्याण्डलमार्फत आफू सङ्क्रमित हुन पुगेको उल्लेख गरी जानकारी गराउनुभएको हो ।

शुक्रबार मध्याह्न उहाँले सामाजिक सञ्जालमा ट्वीट गर्नुहुँदै आज बिहान परीक्षण गराउँदा आफूमा सङ्क्रमणको पुष्टि भएको उल्लेख गर्नुभएको छ । उहाँमा सङ्क्रमणको लक्षण देखिएको छैन । चिकित्सकको सुझावमा आफू अलग्गिएको जानकारी गराउनुहुँदै उद्योगपति चौधरीले आफ्नो सम्पर्कमा आएका सबैलाई सावधानी अपनाउन आग्रह गर्नुभएको छ ।

प्रकाशित मिति : भाद्र १२, २०७७ शुक्रबार  २ : ३३ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]